मिस टिन कलेज र कलेज हेन्डसमको ट्यालेन्ट सो सम्पन्न

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र कलेज हेन्डसमको आन्तरीक प्रतिभा आइतबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु देखाएका थिए । कलेज हेन्डसमका एक प्रतियोगीले भने नेपाली संस्कृति झल्कने लाखे नाच देखाएर मनोरन्जन प्रदान गराएका थिए । साथै केही प्रतियोगीहरुले वाध्यवादन कला प्रस्तुत गरेका थिए । थप पढ्नुहोस्

सुर्य ईन्टरनेशनल अवार्डको भोटिङ शुरु, फेसबुक र जिमेलबाट विश्वभर निशुल्क

काठमाडौं । आगामी भाद्र ३१ गते जापानमा हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को भोटिङ प्रक्रिया भाद्र १५ बाट शुरु हुने आयोजक संस्था सुर्य कर्पोरेशनले जनाएको छ । फिल्म र संगीत दुई तर्फबाट १२ वटा विधामा अवार्ड वितरण गर्न भोटिङ गर्नुपर्नेछ । गुगल एकाउण्टमा मेल आईडी हुनेहरु र फेसुबुक आईडी हुनेहरुले विश्वभरबाट आफुलाई मन परेको कलाकारलाई निशुल्क भोटिङ गर्न सकिनेछ । भाद्र १५ गतेदेखी भाद्र ३० गते राति १२ बजे सम्मको भोटिङलाई मान्यता दिने आयोजक संस्थाले जनाएको छ । थप पढ्नुहोस्

अल्विना भईन ‘टिन प्रिन्सेस नेपाल–२०१८’

काठमाडौं । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अल्विनाले अर्को उपाधि मिस व्युटिफुल सहित मुख्य उपाधि जितिन् । उनले ‘टिन प्रिन्सेस नेपाल भए बापत क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेशनबाट आईएल्स् कोर्ष र विभिन्न उपहार प्राप्त गरिन् । थप पढ्नुहोस्

तिजको अवसरमा फेशन शो तथा म्युजिकल ईभेण्ट हुने

काठमाडौं । एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्टको पहिलो संस्करण हुने भएको छ । उक्त शो को लागि यहि आउदो भाद्र ९ गते शनिबार शेर्पा मल हेडलाइन स्पोर्ट्स क्याफे दरबारमार्गमा अडिशन हुने भएको आयोजकले जानकारी दिएको छ । हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा महिलाहरुलाई तिजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फेशन शोमा सेलेब्रेटी मोडलरनायिकाहरुको समेत उपस्थित रहने छ । थप पढ्नुहोस्

स्पावेकको सिरम तथा बिबी क्रिम, चम्किलो तथा हरपल ताजा

काठमाडौं । जापानी ब्रान्ड स्पावेकका सम्पूर्ण प्रसाधन विभिन्न समुद्री तत्वहरूले बनेका छन् । स्किन केयरमा केन्द्रित यो ब्रान्डको ह्वाइटनिङ ट्रिपल केयर सिरमले छालामा प्रत्यक्ष पर्ने घामको विकिरणबाट जोगाउनुका साथै छालालाई मुलायम, चम्किलो तथा हरपल ताजा बनाउँछ । यो अल्कोहल–फ्रि सिरमले मुहारलाई आकर्षक देखाउने मात्र नभई बाहिरी प्रदूषण, घामको ताप एवं अन्य कारणले बिग्रिएको छालामा समेत सुधार ल्याई त्यसलाई स्वस्थ र सुन्दर बनाउँछ । त्यसैगरी यो ब्रान्डको मोइस्चर बिबी क्रिम परफेक्ट ग्लो तथा नेचुरल ग्लो गरी दुई प्रकारमा उपलब्ध छन् । थप पढ्नुहोस्

ताज संगै मिस फ्रेन्डशिपको अवार्ड न्याथम कलेजकी साइनालाई

काठमाडौं । परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् । कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् ।त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्ड हात पारेकी हुन् । थप पढ्नुहोस्

एपिक नेपाल म्युजिक अवार्डको आवेदन फारम खुल्ला

काठमाडौं । एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो । अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । दशैँ गीतमा भने यो प्रावधान लागुनहुने श्रेष्ठ द्वारा जारि गरेको बिज्ञप्तिमा जनाइएको छ । थप पढ्नुहोस्

प्लस टु अफ द ईयरको बिजेता बने सम्पदा र बिमल

चितवन । सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् । टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा चितवन प्लस टु अफ द ईयर २०१८ को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगितामा महिला तर्फ फर्स्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकिले ताज जित्न सफल भएका थिए भने पुरुष तर्फ राजेश सुनार फर्स्ट रनरअप भएका छन । थप पढ्नुहोस्

अन्ततः परिवारलाई साक्षी राखेर प्रियंका र जोन्सले इंगेजमेन्ट गरे

मुम्बई । परिवारलाई साक्षी राखेर अमेरिकी पप गायक निक जोन्स र बलिउड अभिनेत्री प्रियंका चोपराले इंगेजमेन्ट गरेका छन । व्यक्तिगत रुपमा यसअघि नै इंगेजमेन्ट गरेका उनीहरुले यसपटक भने परिवारलाई साक्षी राखेर हिन्दु धर्म अनुसार इंगेजमेन्ट गरेका हुन । निक जोन्सले ट्वीटरमा पोष्ट गरेको फोटो र स्टाट्सलाई आधार मान्ने हो भने अब प्रियंका चाँडै नै उनकी दुलही बन्ने छिन । भगवान, परिवार र प्रेमिकालाई साक्षी राखेर जीवनको नयाँ अध्याय शुरु गरेको जोन्सको ट्वीट छ । इंगेजमेन्टमा प्रियंका आमा र भाई तथा जोन्सका आमा बुवा पनि संगै थिए । थप पढ्नुहोस्

वाईवाईसंगको संयोजनमा ग्लोकल अन्डर २० को सुची सार्वजनिक

काठमाडौँ । वाईवाई र ग्लोकल प्रा लि. ले संयुक्त रुपमा नेपालका २०वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिवाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक गरेको छ । सो किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशिलता जस्ता विविध क्षेत्रमा कार्यरत भै सकारात्मक काममा संलग्न रहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुची निकाल्नुको उदेश्य रहेको छ । थप पढ्नुहोस्
1 2 3