fbpx

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

‘मनमा दुःखको सागर उर्लिएकै भए पनि छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि । सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए । मातातीर्थ औँसीअर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए । थप पढ्नुहोस्

सरीता अर्थात एउटा नारी

प्रकाश अधिकारी / पाेखरा प्रिय सरीता तिमी पलपलमा हजारौ चोटहरु सहदै । उचालीदै, पछारीदै अनि अतालिदै दौडिदै। लताकुञ्जसंग लुकामारी खेल्दै रमाउदै, जीवनको आभा भेट्ने तिव्र आकाँक्षमा पौडिरहेछौ । पुग्न गन्तव्यमा परिवर्तनको संग्राममा होमीएकी छौ । तर तिम्रो यात्रालाई,तिम्रो उपस्थितिलाई समाजले अकै बुझेर ब्ुाझ पचाएर दुःख दिइरहेछ । म त्यो अनुभुती गर्न सक्छु , अभाष पनि सरीता । सरीता एउटा नारी एउटा नदी नदी र नारीको जीवन भोगाई उस्तै उस्तै तृष्णा अनि पीडा पनि दुरुस्तै । एक पटक हरण भएको कुमारीत्व फेरी फर्काउन सकिदैन जसरी त्यसरी वितेको समय, बगेको नदी फर्काउन सकिदैन । थप पढ्नुहोस्

पुडासैनीको ‘शहरभित्रको शहर’

महेन्द्र सुवेदी बेइजिङ । कवि दामोदर पुडासैनीको कविता सङ्ग्रह ‘शहरभित्रको शहर’ चीनको राजधानी बेइजिङमा मङ्गलबार विमोचन गरिएको छ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले विमोचन गर्दै पुडासैनीको पछिल्लो कृतिले नेपाली भाषा र साहित्यमा सकारात्मक योगदान गर्ने बताए । ‘भाषा कुनै पनि सार्वभौम देशको अभिन्न अङ्ग र साहित्य समाजको ऐना हो । भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नु हरेक नागरिकको दायित्व हो”, राजदूत पौड्यालले भने । थप पढ्नुहोस्

बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

उज्यालोको मुटु छलकपटको तीखा तीरहरूले रोपेर एकहूल बाँदरहरू अँध्यारोको सुरुङ् खनिरहेछ सुरुङ्को प्रत्येक खोपीखोपीमा षड्यन्त्रको काँडा रोपेर नाङ्गा पैतलाहरूलाई हिड्न सिकाई रहेछ बस्तैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा विद्यालय भत्काएर केवल नाराहरू पर्खाल–पर्खालहरूमा लेख्न सिकाई रहेछ । उज्यालोको पैतलाहरूमा मूर्खताको अँध्यारो काँडाहरू उमारेर वर्तमानलाई रगताम्मे पारी कुल्चेर समृद्धिका ढाडहरूमा सिस्नोपनीले कुट्दै सपनाका हात र खुट्टाहरूमा हतकडी लगाउँदै प्रभुत्ववादीका बनमारा उमारी रहेछन् । थप पढ्नुहोस्

कवितामा कविको सम्बन्ध र वेदना

मेरो जन्मलाई बहिस्कार गर्ने पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहन्छु तिमिले मेटाउनै नसक्ने सत्य हुन् मेरो वक्षस्थलबाट बग्दै गएका यी दूधका धारा संसार निर्माणका जग हुन् म संसार चलाउने सृष्टि हुँ।।। कवि विमला तुम्खेवाले ‘सच्याउन मेरो इतिहास’ शीर्षकमा नारीको बेदना कवितामा पोखेका छन् । नेपाल र भारतका साहित्यकारको बीचमा वाचन गरिएको कवितामा नारी हुनुको अर्थ पाप हुनु वा असत्य हुनु हैन भन्ने तर्क कवितामार्फत प्रस्तुत गरिएको छ । थप पढ्नुहोस्

मुर्दै मुर्दाको पहाड

माहाभूकम्प विपत्तिले गर्दा आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउँने ऐतिहासिक सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ । जताततै चोटैचोट् र घावै घाउ मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन म को सङ्ग पीडा साटु म रगतमा देशको गन्ध आउने वीर सपूतहरु सबै शहीद भए छैन कोही रुने आज मेरो देश रुँदा फगत विध्वंसकारी कंश जन्म लिए । थप पढ्नुहोस्

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

विदुर, नुवाकोट । नुवाकोटमा आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइने जानकारी दिए । प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो । थप पढ्नुहोस्

न बन्नु कहिल्यै प्रदर्शनका आधुनिक ऐना

कविता.... छाँटिएको बरुली कम्मर भए पुग्दो रहेछ ए गिद्धेनजर केके देख्छ देख्छ नहेरिकन कम्मर मात्रै कहाँ होर ! सातै प्रदेश भ्रमण गर्छ पापी भावको पखेटा हाली कहिले दुईप्रदेश बीचको चुरेपर्बतमा पाईला टेक्दछ त कहिले चारकोसे झाडी चाहार्छन् । कति गहिरोगरी दृष्टी पुग्न सकेको हो माइक्रोस्कोप झैँ ए मेरी बास्सै ! नयनले देख्न न सकेको कुरो उनको गिद्धेनजरको माइक्रोस्कोप रगतको ढलमा छिरीछिरी के के छाम्न भ्याउने भ्याउने धन्य हौ ए गिद्ध हो । थप पढ्नुहोस्
1 2 3