fbpx

प्रदिपको नसामा श्रेया कार्की र दिनेश कंडेल

काठमाडौं । गायक र संगीतकार प्रदिप लामाले ’नशा यो कस्तो नशा’ गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायकर संगीतकार प्रदिप लामाले आफ्नै संगीतमा 'नशा यो कस्तो नशा ' बोलको पप गीतको भिडियो बजारमा ल्याएका हुन् । गायक तथा संगीतकार प्रदिप लामाको पछिल्ला गीत हेर्ने हो भने नेपाली गीत थुप्रै छन् यसका अलावा उनले हिन्दी गीतहरु पनि गाएर युट्युवमा राखेका छन् । उनले गाएका हिन्दी गीत र नेपाली गीतहरु युट्युव सर्च गर्दा थुप्रै पाइन्छन् । थप पढ्नुहोस्

सुरेन्द्र महर्जन अमरको रचनामा ईश्वरकै छ साथ

काठमाडौं । रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ । दुस्ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ । भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो । यसैले कारणलेगर्दा नै मन्दिरहरूमा भजन बज्ने गर्छ । कतै सप्ताहको रूपमा कथा सुनाइन्छ अनि कथाको साथ साथै कथाको बीच बीचमा भजनको मजा र मान्छेहरू भजनमा लिप्त भएत भगवान भक्तिमा लिन हुने गर्छन् । थप पढ्नुहोस्

मेलीनाको रुपैको जादुले मेक्सम खाती भेकाबु

काठमाडौं । संगीतकार नरेश खातीको ‘तिम्रो रुपैको जादु‘’ बोलको गीत सार्वजनिक भएको छ । ‘तिम्रो रुपैको जादु‘’मा गायक मेक्सम खाती र गायिका मेलिना राईको स्वरमा रहेको छ । गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेको गितमा यस पटक संगीतकार खातीले फरक शैलीको गीत बनाएका हुन् ।‘आधुनिक, लोक तथा दोहोरी गीत गर्दै आएको थिएँ’, उनले भने, ‘यस पटक अलिक फरक शैलीमा गीत बनाएको बताएका छन् । गीतको एरेञ्ज कमल सौराग, मिक्सिङ किशोर थापाले गरेका हुन् । गोरक्षा म्युजिक प्रालिले बनाएको ‘तिम्रो रुपैको जादु‘’ गायक मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । थप पढ्नुहोस्

स्याङ्गजा श्रष्टा सदनको अध्यक्षमा रामजी खाँड,महासचिवमा रिजाल

syangja
कास्की । कलाकार , कलाकारिता र श्रष्टाको उन्नतीका निमित्त कृयाशिल स्याङजा श्रष्टा सदनको अध्यक्षमा लोक गाएक रामजी खाँण र महासचिवमा कलाकार गाएक सजर्क घनस्याम रिजाल निर्वाचित भएका छन् । स्याङजा जिल्लाका कलाकारहरुको भेलाले अध्यक्षमा रामजी खाँण र महासचिवमा धनश्याम रिजाल निर्वाचित भएका हुन् । थप पढ्नुहोस्

एकनारायणको ‘छिपछिपे पानीमा लेउ’मा दिलीप र सुरक्षा !

काठमाडौं । नेपाली लोक गित संगितका प्रिय सर्जक एकनारायण भण्डारीको 'छिपछिपे पानीमा लेउ' सार्वजनिक भएको छ । बिष्णु माझी र पितम्बर जिसीको स्वरमा रहेको 'छिपिछिपे पानी लेउ' बिहीबार एक नारायण भण्डारीको आफ्नै युटुव च्यानलबाट बिहीबार सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द संगित रहेको गितमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गितमा चलचित्र क्षेत्रका प्रिय नायक दिलीप रायमाझी र चर्चित नायिका सुरक्षा पन्तको निकै राम्रो अभिनय रहेको छ । थप पढ्नुहोस्

रामकृष्ण ढकालको ‘हावाको झोँका’

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । विकास थापाले लेखेको ‘हावाको झोँका’ बोलको गीत गायक ढकालको स्वरमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन् । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कवि रिमा के सी, सुजन थापा र सविना आचार्यले पनि अभिनय गरेका छन् । निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् । थप पढ्नुहोस्

गायक लोकेन्द्र जिसीको आवाजमा ‘कर्णाली पारी’ हेर्नुहोस भिडियो

काठमाडौं । नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ । जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी पारीको जिवनको कथालाई गीतमा समावेश गरिएको सुरेश ले बताए । गीतमा एरेन्ज कमल सौरागले गरेका छन । थप पढ्नुहोस्

‘अर्को जुनी खै कुन्नी’ बिवाह बन्धनमा बाँधिए प्रियंका र आयुश्मान है !

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन् । रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी’ गीतको भिडियोका लागि गरेका हुन् । औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको बिवाह अहिले पर्दामा उतारिएको छ । भिडियोमा वैवाहिक कार्यका विविध दृश्यहरु समेटिएको छ । मेहन्दी,हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्य समेत म्यूजिक भिडियोमा समेटिएका छन् । थप पढ्नुहोस्

मेरो आगनीमा आज जुन उदायो

काठमाडौं । काफिया फिल्मस् ब्यानरमा काफिया शाही 'क्रिसु' र कविरविक्रम शाहीले निर्माण गरेका साथै चलचित्र 'लिली बिली' को चर्चित जोडी प्रदिप खडका र जसिता गुरुङको अभिनय रहेको यो बर्ष कै बहुप्रतिक्षित चलचित्र 'लभ स्टेसन'को अर्को गीत , मेरो आगनीमा आज जुन उदायो बोलको गीत रिलिज भएको छ । यो भन्दा अगाडि घाम जुन चाहिदैन बोलको गीत रिलिज यो भन्दा अगाडि घाम जुन चाहिदैन बोलको गीत रिलिज भइसकेको छ । गीत मा प्रदिप एक गायक को रुप मा देखिएका छन । नायिका जसिता लाई इम्प्रेस गर्न प्रदिप ले बार मा आँफै गीतार बजाउदै गीत गाएको देखिन्छ । चकलेटी अनुहार अनी मुस्कान मज्जै ले देख्न सकिन्छ । थप पढ्नुहोस्

शिशिरको ‘हाम्रो माया जिन्दावाद’ले मच्चायो युटुबमा तहल्का

काठमाडौं । चर्चित कलाकार, सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको नया गीतले यति बेला युटुबमा तहल्का मच्चाएको छ । महँगो बजेटमा निर्माण गरिएको हाम्रो माया जिन्दाबाद बोलको यस गीत नयाँ नयाँ न्यूज नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । निकै आकर्षक बनेको यस गीतमा युट्युबर शिशिर भण्डारी संग टिकटककि क्विन जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ। केही दिन अघि शिशिरले आफ्नो जन्मदिन पारेर गीत सार्बजनिक गरेका हुन् । सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले यो गीत आफैले गाएक हुन् । थप पढ्नुहोस्
1 2 3 21