चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्बजानिक

काठमाडौं  । चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई फिचर गरेको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ । कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बीचको माया देखी लिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको चलचित्रका प्रस्तुतकर्ता किसान पोख्रेल हुन । थप पढ्नुहोस्

दशौं राष्ट्रपति रनिङ शिल्ड शुरु, उद्घाटन समारोहमा अशोकको पहिलो लाइभ प्रस्तुती

काठमाडौं । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिएका छन्, जहाँबाट सयौंको वाहि वाहि पाए । दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरेका थिए । थप पढ्नुहोस्

रेलीमाई लिएर आइन् ईन्दिरा जोशी

काठमाडौं । गायिका ईन्दिरा जोशी बिल्कुलै नयाँ यूगल गीत ‘रेलीमाइ’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । थप पढ्नुहोस्

‘जब फूलमा’ प्रियंका अनन्तको गहिरो प्रेममा डुबेपछि

काठमाडौँ । गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव सहितको नयाँ गीत ‘जब फूलमा’ बजारमा सार्वजनिक भएको छ । जब फूलमा तिमी यादमा गितमा नायिका प्रियंका कार्की प्रेमको भावमा डुब्दै आफ्नो प्रेमिलाई तिमी याद आउछौ भन्दै एकोहोरो प्रेममा परेको अभिनयमा देखिएको छ । बिपिन आचार्यको शब्द तथा संगीत रहेको गीतलाई समन अधिकारीले निर्देशन गरेका हुन्। भिडियोमा नायिका कार्कीको एकोहोरो प्रियदर्शी भाव देख्न सकिन्छ । थप पढ्नुहोस्

‘पिडाको राजधानी’ नेपालको ट्रेडिङमा पर्न सफल

काठमाडौँ ।  गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’नेपालको ट्रेडिङमा पर्न सफल भएको छ । बजारमा आएको गीतमा नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएको छ मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ । नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ । मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन । थप पढ्नुहोस्

गायक आकाश मगरको ‘नक्कली ’ सार्वजनिक

काठमाडौँ । रुकुमेलि युबा गायक आकाश मगरले विदेशी भुमि कतारमा दुख सुख गरेर बिदेशी गीतहरु जस्तै सुपरहिट गीत बजारमा ल्याएका छन । बेल्कम टु नेपाल गीत बाट हिट भएका गायक आकाशले पछिल्लो समय एक पछि अर्को हिट गीतहरू सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक  मगरको आवाजमा रहेको लोक पप गीत ‘नक्कली ’सार्वजनिक भएको छ । आकाश मगरको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मायालुको आफनी प्रेमीकाको प्रसंसा गदै गीत तयार परिएको गायक मगर ले बताए । सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई एकान्त मगरले छायाँकन गरेका हुन् । थप पढ्नुहोस्

शिखर गजरकोटेको चुल्ठो बाटी हाल सार्वजनिक

काठमाडौं । शिखर गजरकोटेको चुल्ठो बाटी हाल बजारमा सार्वजनिक भएको छ । उनले समयवोधको ख्याल गर्दै भित्रि भावबाट लेखेका पानी मीठो यारी खोलाको, पुर्बेली कान्छी, यो माया बैगुनी, पिरतिको साईनो तथा बार लाउ है मायाले आम श्रोताले मन पराएका शब्द हुन् । एक सफल सञ्चारकर्मीको परिचय समेत स्थापित गर्न सफल शिखर गजरकोटे यसपाली भने हाल चलेकी मोडल आरुषी मगरको चुल्ठोमा लोभिएका छन् । आरुसी मगरको चुल्ठो प्रतिको यस्तो लोभ उनैको शब्दमा पछिल्लो पटक सार्वजनिक भएको गीत चुल्ठोूमा देखिएको हो । थप पढ्नुहोस्

एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियो)

काठमाडौँ । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेनमेन्टबाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। राजन खतिवडाको सङ्गीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ । पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकर्षित भएको कुरालाई गीतको मध्यमबाट उतारिएको गीतकार अम्बिका गुरुङले बताइन् । थप पढ्नुहोस्

यामलाई मायाले गर्नु गरे पछि “मर्नु पर्या छ बजारमा

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भै सकेकी मोडल सञ्जिता शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त लोकदोहोरी गीत ”मर्नु पर्या छ “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको बजार संकुचित बन्दै गएको अवस्थामा गायक आकाश रोदन विसी र गायिका सुनिता लामिछानेको सुमधुर आवाजमा रहेको गीत बजारमा आएको हो । आफनो मायालुले दिएको चोटका कारण बाध्य भएर पनि जिवन जिउनको लागी सधर्ष गरेको छ । थप पढ्नुहोस्

गीतकार सालिकको ‘पहिलो माया’ भिडियोको छायांकन सम्पन्न

इटहरी । नेपालि सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो भर्खरै छायांकन सम्पन्न भएको छ । कोशी पुर्वको विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ । गीतलाइ रमेश श्रेष्ठले संगीत गरेका हुन् भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् । उक्त गीतको भिडियोमा रोहित घिमिरे, पुजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् रोहितको अभिनयमा यो दोश्रो म्युजिक भिडियो हो भने बिनोद र पुजा यसै भिडियो मार्फत भिडियो मोडलिङ्गमा प्रवेश गरेका छन् । थप पढ्नुहोस्
1 9 10 11 12 13 16