fbpx

गुणात्मक बजार विस्तारमा बोर्ड प्रतिबद्ध

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई थप परिस्कृत, गुणात्मक र प्रतिस्पर्धी बनाउन आफूहरु क्रियाशील रहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालका अनुसार सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजारसम्बन्धी सुझाव समितिको प्रतिवेदनअनुसार बजारसम्बन्धी सुझाव कार्यान्वयनका लागि बोर्डले पहल गरिरहेको छ । धितोपत्र दलाल व्यवसायीलाई गुणात्मक, प्रतिस्पर्धी बनाई बजार विस्तार गर्ने सन्दर्भमा विद्यमान कानूनी व्यवस्था तथा सरकारको निर्देशनबमोजिम व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने काममा बोर्ड प्रतिबद्ध भएर लागेको छ । थप पढ्नुहोस्

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ । स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही फागुन २७ गतेका लागि तोकिएको र धितोपत्र दर्ता बन्द यही फागुन १४ गते हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको छ । सात दिनभित्र जानकारी गराउनु पर्नेमा के कति कारणले सोको जानकारी ढिला भएको हो रु सो को कारण पत्र प्राप्त गरेको २४ घण्टाभित्र उपलब्ध गराउन स्टकले बैंकलाई पत्राचार गरेको छ । थप पढ्नुहोस्

एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् । थप पढ्नुहोस्

एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकको एकै साथ कास्कीमा तिन नयाँ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना तिन शाखा कार्यालय विस्तार गरेको छ ।अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको लागि प्रोत्साहन गरे । जिरो कि.मी.शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले गरेका थिए । थप पढ्नुहोस्

ज्योति विकास बैंकले एकैदिन खोल्यो ५ नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आज ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाडौं जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकैदिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो । बोडे शाखाको उद्घाटन मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्णमोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । साथै, बनेपा शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । थप पढ्नुहोस्

शेयर बजार : झिनो अङ्कले वृद्धि

काठमाडौं । आज दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १० उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर वृद्धि भएको छ । थप पढ्नुहोस्

सन नेपाल लाईफ इन्स्योरेन्स र कामना विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । थप पढ्नुहोस्

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा उद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा उक्त शाखा विस्तार भएको हो । एनआईसी एशिया बैंकका कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरेका हुन् । बैंकका मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब रहेको छ । थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन् । स सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्ने छन् । थप पढ्नुहोस्
1 2 3 100