मध्य बानेश्वरमा सिटिजन्स बैंकको एटिएम सेवा

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहँुच बढ्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । थप पढ्नुहोस्

नयाँ नोटको आयु कति ? फोहोर हुन नदिन के गर्ने ?

काठमाडौं । दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुन्छ । खासगरी दशैंतिहार र छठ जस्ता चाडका बेला नेपालमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् । यसरी चाडबाडमा चलनचल्तीम आएका नोट फोहोर वा झुत्रो भएर फर्किने समस्या रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् । दशैंतिहार र छठका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट नोट बजारमा पठाएको छ । थप पढ्नुहोस्

क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? चलाउन जाने श्रीखण्ड, नजाने ऋणको जालो !

काठमाडौं । क्रेडिट कार्डलाई विचार नपुर् याइ प्रयोग गर्नु हुँदैन । नभए तपाई सजिलै ऋणको जालमा पर्नु हुने छ । त्यही भएर क्रेडिट कार्डलाई धेरै नै समझदारी पूर्ण स्वाप गर्नु पर्छ । हामी तपाईलाई केही टिप्स दिन्छौं जसले क्रेडिट कार्ड प्रयोग गर्न तपाईलाई सजिलो हुनेछ । आफ्नो बजेटमा टिकिरहनुस् क्रेडिट कार्ड प्रयोग गर्न धेरै सजिलो छ त्यही भएर धेरैले यसलाई आवश्यकताभन्दा वढी प्रयोग गर्छन् । तपाई क्रेडिट कार्डबाट त्यति नै खर्च गर्नुस जति तपाईको क्षमताले भ्याउँछ । तपाई क्रेडिट कार्डबाट मासिक कति खर्च गर्ने भनेर एउटा सीमा तय गर्नुस् । थप पढ्नुहोस्

मोटर बाटो नभएको ठाउँमा जनता बैंकले खोल्यो ३ शाखा

काठमाडौं । मोटर बाटो नै नभएको हुम्लाको तीन गाउँपालिकामा जनता बैंकले शाखा खोलेको छ । नेपाल सरकारले सबै स्थानीय तहमा क वर्गका बैंकको पह्ँच पुर्याउने नीति लिएपछि वाणिज्य बैंकहरुले तिब्र रुपमा शाखा विस्तार गरिरहेका छन् । सरकारको यो योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीनवटा गाउँपालिकामा शाखा स्थापना गरी एकैसाथ कारोवार सुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको बैंकले जनाएको छ । थप पढ्नुहोस्

दशैं बिदामा पनि बैंकले सेवा दिने

काठमाडौं । यस बर्षको बडादशैंमा बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम सूचना जारी गरिरहेका छन् । समय र शाखा खुला राख्ने बाणिज्य बैंकहरुका कुन शाखा कति बजेसम्म खुला रहेर वित्तीय सेवा दिन्छन् भन्नेबारे हामीले पाठकहरुलाई जानकारी दिन खोजेका छौ । अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् । थप पढ्नुहोस्

बैंकहरुको चाडपर्व अफर, तरलता अभाव न्युन गर्ने टालटुले योजना

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा नगद अभावको समस्या पुनः सृजना हुने अवस्था आएको छ । कर्मचारीलाई तलब, भत्ता र विभिन्न सेवा सुविधाको नाममा बजेटको अंशहरु खर्च भए पनि विकास निर्माण लगायत अन्य ठूला आयोजनाका लागि सरकारी रकम खर्च हुन नसक्दा गएका वर्षमा झैँ फेरि तरलता अवाभको संकेतहरु देखिन थालेको बैंकरहरु स्वयंम नै बताउन थालेका छन् । दशैं, तिहार र छठ पर्वजस्ता नेपालीहरुले मान्ने ठूला चाडपर्वहरु आएसँगै सर्वसाधारण जनताले बैंकमा जम्मा भएको रकमको ठूलो हिस्सा बजारमा पुर्याएका छन् । चाडपर्वमा मिठो खाने र राम्रो लगाउन सबैलाई मन लाग्ने नै भयो । थप पढ्नुहोस्

दशैंको विदामा पनि प्रभु बैंक खुल्ने (हेर्नुहोस् सुचना)

काठमाडौं । प्रभु बैंक लिमिटेडले दशैं अवधिभर ग्राहकका लागि बैंक खोल्ने सुचना जारी गरेको छ । बैंकले दिएको जानकारी अनुसार तपशिल बमोजमका आफ्ना विभिन्न शाखा कार्यालयबाट सहज रुपमा सेवा दिने जनाएको छ । थप पढ्नुहोस्

दशैंमा राष्ट्र बैंकले पैसा नपठाउँदा हुम्लामा नयाँ नोटको अभाव

हुम्ला । नेपालीको ठूलो चाड बडादशैं लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैंमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दशैंको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए । नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ । थप पढ्नुहोस्

एनसीसी बैंकको शेयर लिलामीमा उठाउने सुनौलो मौका

८ अर्ब चुक्ता पुँजी पुग्न करीब १ अर्ब बराबरको बोनस शेयर आवश्यक ! काठमाडौं । एनसीसी बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदकहरुको न्युन आवेदन परेपछि लिलाम सकार्नेहरुलाई मौका मिलेको छ । प्रारम्भिक तथ्यांक अनुसार बैंकको ६० प्रतिशत हकप्रद मात्र बिक्री भएको छ । लगभग ४० प्रतिशत सेयर भने अब लिलामीमा आउने छ । यसले बैंकको शेयरमा लगानी गरेर शेयरधनी बन्न चाहनेहरुका लागि सुनौलो मौका सृजना भएको छ । बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । पहिलो चरणमा बैंकको हकप्रदमा ज्यादै न्युन आवेदन परे पछि १५ दिन म्याद थप गरेको थियो । थप पढ्नुहोस्

बाँकेमा एनआई सी एशिया बैंकको २ नयाँ शाखा विस्तार

काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा बाँकेमा थप २ नयाँ शाखा विस्तार गरेको छ । शाखा विस्तार गर्ने क्रममा बाँके नेपालगंजको त्रिभुवनचोक र सम्झनाचोकमा आज एक कार्यक्रम गरी थप शाखाको उद्घाटन गरिएको छ । नेपालगञ्जउप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवनचोक शाखाको एनआइ सी एशियाबैंकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथगाउँपालिकावडा नं.६ स्थित सम्झनाचोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालबाट एकै साथ थप नयाँ शाखाको उद्घाटन गरिएको छ । थप पढ्नुहोस्
NCC Bank 1 2 3 40