मेगा बैंकको खुद मुनाफा बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा रु २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा रु ६६ अर्ब ११ करोड पुगेको छ । थप पढ्नुहोस्

सरकारका कारण तरलता अभाव चर्किएको बैंकर्सको निश्कर्ष

काठमाडौं । सरकारले विकास खर्च गर्न नसकेका कारण तरलता अभाव अझ चर्कने निश्कर्ष निकाल्दै बैकंर्स संघको आकस्मिक बैठक सकिएको छ । साथै केवाईसी र सम्पति शुद्धिकरणसँग सम्बन्धित गोएएमएल सफ्टवेयरका कारण पनि बैंकिङ्ग च्यानलमा पैसा नआएको धारण अधिकांश बैंकर्सहरुले निकालेका छन् । त्यसैले तरलता अभाव दीर्घकालसम्म जाने निश्कर्ष बैंकरहरुकाे छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको  आकस्मिक पूर्ण बैठक आज आइतबार बसेको हो । लगानी योग्य पुँजी 'तरलता' को चरम अभाव भएपछि २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त बैठक आव्हान गरिएको थियो । थप पढ्नुहोस्

किन बस्दै छ बैंकर्स संघको आकस्मिक बैठक ?

काठमाडौं। ब्याज दरका बारेमा निर्णय गर्नका लागि नेपाल बैंकर्स संघले तिहार बिदा सकिएलगत्तै आकस्मिक बैठक डाकेको छ। २८ वटा बाणिज्य बैंकहरुको छाता संगठन संघले आइतबार सबैलाई डाकेर छलफल गर्न लागेको हो। बैंकर्स संघले यसअघि मुद्दति निक्षेपमा साढे १० र बचतमा ७ प्रतिशतभन्दा बढि ब्याज नदिने सहमति गरेका थिए। बचतको ब्याज दर अन्तर २ प्रतिशत बिन्दु राख्नै पर्ने निर्णय भएको थियो। यसपछि साना र नयाँ बैंकहरुको निक्षेप ठूला बैंकमा सर्न थालेको थियो। संस्थागत निक्षेपकर्ताले पनि ठूला र पुराना बैंकलाई नै पत्याउन थालेका थिए । थप पढ्नुहोस्

एनआईसी एशियाको नयाँ अफर : सामान खरिदमा ५०० सम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दिपावलीको अबसरमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गर्दा हुने भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा टच कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ । बैंकले मुलुकभर २६५ वटा शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप पढ्नुहोस्

एभरेष्ट बैंकको २० प्रतिशत नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक १५ गते बिहीबार सम्पन्न बैठकले २०७४/७५ को सञ्चित नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब दुई करोड ६८ लाख ६३ हजार रुपैयाँको प्रतिकित्ता २० रुपैयाँले हुन आउने एक अर्ब ६० करोड ५३ लाख ७२ हजार ७३३ रुपैयाँ ८० पैसा प्रस्ताव गरेको हो । थप पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थामा नेपाली महिलाको उल्लेख्य प्रगति

काठमाडौं । नेपालमा ६ बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा खाता होल्ने तथा मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या दोब्बर भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम 'युएनडीपी' ले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । नेपाली महिलाको वित्तीय पहुचमा उल्लेख्य प्रगति गरेको पाइएको छ । सन् २०११ मा बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्ने र मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या कुल संख्याको २१।२ प्रतिशत थियो । सन् २०१४ मा बढेर यो संख्या ३१.३ प्रतिशत भयो भने सन् २०१७ मा ४१.६ प्रतिशत पुगेको छ । थप पढ्नुहोस्

एनएमबी बैकबाट लुटियो करिव १८ लाख

दमक । झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन्। ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट आइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैँकमा नगद जम्मा गर्नका लागि गुरुङ्गले भौचर भर्दा साथमा रहेको पैसाको ब्याग लुटिएको थियो। गुरुडले बैंकमा नगद जम्मा गर्नका लागि झोलामा पैसा लिएर आएका थिए । प्रहरी स्रोतले भन्यो, उनी भौचर भर्न लागेपछि उनको साथमा रहेको ब्याग चोरी भएको थियो । थप पढ्नुहोस्

मोटर बाटो नभएको ठाउँमा जनता बैंकले खोल्यो ३ शाखा

काठमाडौं । मोटर बाटो नै नभएको हुम्लाको तीन गाउँपालिकामा जनता बैंकले शाखा खोलेको छ । नेपाल सरकारले सबै स्थानीय तहमा क वर्गका बैंकको पह्ँच पुर्याउने नीति लिएपछि वाणिज्य बैंकहरुले तिब्र रुपमा शाखा विस्तार गरिरहेका छन् । सरकारको यो योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीनवटा गाउँपालिकामा शाखा स्थापना गरी एकैसाथ कारोवार सुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको बैंकले जनाएको छ । थप पढ्नुहोस्

बैंकहरुको चाडपर्व अफर, तरलता अभाव न्युन गर्ने टालटुले योजना

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा नगद अभावको समस्या पुनः सृजना हुने अवस्था आएको छ । कर्मचारीलाई तलब, भत्ता र विभिन्न सेवा सुविधाको नाममा बजेटको अंशहरु खर्च भए पनि विकास निर्माण लगायत अन्य ठूला आयोजनाका लागि सरकारी रकम खर्च हुन नसक्दा गएका वर्षमा झैँ फेरि तरलता अवाभको संकेतहरु देखिन थालेको बैंकरहरु स्वयंम नै बताउन थालेका छन् । दशैं, तिहार र छठ पर्वजस्ता नेपालीहरुले मान्ने ठूला चाडपर्वहरु आएसँगै सर्वसाधारण जनताले बैंकमा जम्मा भएको रकमको ठूलो हिस्सा बजारमा पुर्याएका छन् । चाडपर्वमा मिठो खाने र राम्रो लगाउन सबैलाई मन लाग्ने नै भयो । थप पढ्नुहोस्

दशैंको विदामा पनि प्रभु बैंक खुल्ने (हेर्नुहोस् सुचना)

काठमाडौं । प्रभु बैंक लिमिटेडले दशैं अवधिभर ग्राहकका लागि बैंक खोल्ने सुचना जारी गरेको छ । बैंकले दिएको जानकारी अनुसार तपशिल बमोजमका आफ्ना विभिन्न शाखा कार्यालयबाट सहज रुपमा सेवा दिने जनाएको छ । थप पढ्नुहोस्
1 2 3 8