fbpx

२५ करोड अपचलन, सहकारीका बचतकर्ताको रुवाबासी

chaudhari
काठमाडौं । नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । अपचलन गर्ने कर्मचारीको पहिचान भइसकेको र उनीहरुले रकम तिर्ने कबुलियत गरेको पनि सञ्चालक समिति अध्यक्ष चौधरीको भनाइ छ । थप पढ्नुहोस्

एटीएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

atm
काठमाडौँ । उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटीएम मेशिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको छ । सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटीएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटीएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन । थप पढ्नुहोस्

रोयल सहकारी १८ औं बर्षमा प्रवेश,बहिरा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

रोयल को–अपरेटिभ
स्याङ्जा । सदरमुकाम पुतलीबजारमा २०५९ सालदेखि संचालनमा आएको रोयल को–अपरेटिभ सोसाईटी लि. को १८ औं स्थापना दिवसका अवसरमा फरक क्षमताका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विरतण गरिएको छ । पुतलीजार नगरपालिका ३ बाडखोलामा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २२ जना फरक क्षमताका विद्यार्थीलाई आफ्नो स्थापना दिवसमा रोयलले शैक्षिक सामाग्री स्वरुप कपी, कमल लगायतका सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री विरतण कार्यक्रमा पुतलीबजार नगरपालिका ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले गरिबी निवारणमा सहकारीहरुको भूमिका प्रभाबकारी बन्दै गएको बताए । थप पढ्नुहोस्

सहकारीको ठगी रोक्न कर्जा सूचना केन्द्र

काठमाडौं । एउटै धितोलाई विभिन्न सहकारीमा धरौटी राखेर वित्तीय अनियमितता गरी सर्वसाधारणको रकम ठग्ने कार्यलाई निरुत्साहन गरिने भएको छ । त्यसको लागि सहकारीमा सदस्यको निक्षेपमा बढदै गएको जोखिम न्यूनीकरण गरी यसलाई सुरक्षित तथा थप व्यवस्थित बनाउने उद्देश्यले कर्जा सूचना केन्द्रको स्थापना गरिने भएको छ । यसले राख्ने सूचना पारदर्शी भई उनीहरुको लगानी सुरक्षित हुनेछ । थप पढ्नुहोस्

६२ औं राष्ट्रिय सहकारी दिवस, सहकारी ऐन कानून बमोजिम चल्न नसकेकोमा चिन्ता

sahakari-rayalli
प्रकाश डोटेल स्याङ्जा । “दिगो विकास लक्ष्यप्राप्तिको लागि सहकारी” भन्ने मुलनाराका साथ जिल्ला सहरकारी संघ लिमिटेडको आयोजनामा ६२ औं राष्ट्रिय सहकारी दिवस स्याङ्जामा पनि मनाईएको छ । संघको आयोजनामा जिल्ला सदरमुकाममा सहकारी दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित प्रबचन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु ऐन, नियम र कानून तथा सहकारीले अबलम्बन गर्नुपर्ने अवधारणलाई आत्मसाथ गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनीहरुले सहकारीले अपेक्षाकृत विकासमा टेवा पु¥याउनसमेत नसकेको बताए । सहकारी सेवामुलक बन्नुको सट्टा नाफामुलक बनेको वक्ताहरुको आरोप थियो । थप पढ्नुहोस्

ज्येष्ठ नागरिकलाई सहकारी र कोइराला फाउण्डेसनले गराए तीर्थाटन

Koirala-foundation
भक्तपुर । सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताए । ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित पञ्चमहालक्ष्मी, काभ्रेस्थलीको तारकेश्वरको शान्तिधाम लगायतका क्षेत्रमा भ्रमण गराएको उनले बताए । थप पढ्नुहोस्

सहकारीको हातखुट्टा बाँध्ने कानुन सहकारी मैत्री हुन सक्दैन : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालय कुपण्डोलको अनुगमन तथा निरिक्षण गरेकी छिन् । बैंकको निरिक्षणपश्चात आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीमैत्री वातावरण निर्माण गरिने बताइन् । सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उनले सहकारी र सरकार एक भएर अगाडि बढ्नुपर्नेमा जाेड दिइन । संविधानमा नै सहकारीलाई सरकारको तीन खम्बे अर्थनीतिको रूपमा उल्लेख गरेर स्विकार गरिसकेको भन्दै उनले अलग-अलग जान नसकिने बताइन् । थप पढ्नुहोस्

काठमाडौं उपत्यकाभित्र ११ सय ५६ सहकारी विलय हुँदै

सहकारीको सङ्ख्या घटाउँदै कामपा काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका १ हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ । संचालनमा रहेका ११ सय ५६ सहकारी संस्थालाई अन्य सहकारीमा विलय गराउन प्रक्रिया अगाडी बढेको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकृत गर्न लागेको हो । थप पढ्नुहोस्

सहकारी ठग्ने भाञ्जा छुटाउन मामा सक्रिय, प्रहरीले ज्वाई झैं पालेको पिडितको आरोप

काठमाडौं । सर्वसाधारण जनताको करोडौं रुपैया मोजमस्तीमा उठाएका न्यूरोड धर्मपथस्थित एयरटेल वचत तथा ऋण सहकारी संस्थाका महाप्रबन्धक अशोक गोयल जैन यतिबेला काठमाडौं प्रहरीको हिरासतमा छन् । वचतकर्ताहरूको करोडौं रूपैयाँ घोटाला गरेको अभियोगमा उनी प्रहरी हिरासतमा पुगेका हुन् । भारतको मुम्बईमा ठगी र शेयर घोटालाका काण्डहरूमा मुछिएपछि भागी नेपाल आएका अग्रवालले इन्द्रचोकनजिक धाराचोकमा करोडौं पर्ने घर खरिद गरेका छन् भने नक्सालमा पनि अर्को घर रहेको छ । थप पढ्नुहोस्

सहकारीमा खाता खोल्नुस एक किलो घ्यु लैजानुस्

खस्यौली । रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । जिल्लाको सैनामैना नगरपालिका ४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ । यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो रु एक हजार २०० रहेको छ । अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन् । थप पढ्नुहोस्
1 2 3