fbpx

मुक्तिनाथ विकास बैंकको ग्राहक बन्दा धुलिखेल माउण्टेन रिसोर्टमा विशेष छुट

मुक्तिनाथ विकास बैंक
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धुलिखेल माउण्टेन रिसोर्टले विशेष छुट सुविधा दिने भएको छ । मुक्तिनाथ विकास बैंकको भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टबाट विभिन्न सेवा सुविधामा दश प्रतिशतसम्मको विशेष छुट पाउने बैंकका सुचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिएका छन् । सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट बिक्री तथा बजारिकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले आज हस्ताक्षर गरेका छन् । थप पढ्नुहोस्

काठमाडौंको ढुङ्गाअड्डामा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

Muktinath-bikash-bank
काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामिण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गाअड्डामा आजबाट नयाँ शाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका छन् । थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

Muktinath-bikash-bank
काठमाडौं । आफ्नो स्थापनाकालदेखि नै “ एक व्यक्ति – एक खाता, एक परिवार – एक उद्यमी” नारा आत्मसाथ गर्दै आफ्ना ग्राहकहरुलाई सहज सेवासुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडाैं नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारा सहित “ खोलौ बैंक खाता २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ । थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मुक्तिनाथ कृषि कम्पनीले सहयोग गर्ने

मुक्तिनाथ कृषि कम्पनी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् । थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई सहयोग

बसन्त बक्सी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टाँसिनेछ । थप पढ्नुहोस्

नयाँ वर्षको शुरुवातसँगै मुक्तिनाथ विकासले ल्यायो नयाँ योजना

Muktinath_Top-up-and-visa-offer
काठमाडौं । नयाँ वर्ष २०७६को सुरुवातसँगै मुक्तिनाथ विकास बैंकले तीनवटा नयाँ आकर्षक योजना सार्वजनीक गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले VISA Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । VISA Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले VISA Debit कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त VISA Debit कार्ड लिन पाउने छन् । थप पढ्नुहोस्

नेशनल बैंकिङ ईन्स्टिच्यूट तथा सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

shangrila-nbi-agreement
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका छन् । सम्झोैता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराउने छ । थप पढ्नुहोस्

कामना सेवाकाे बाेनस र लाभांश दिने निणर्यमा नेप्सेले माग्यो स्पष्टीकरण, शेयर कारोबार स्थगित

Kamana-sewa logo
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले आफ्ना शेयरधनीलाई बोनस र लाभांश गरेर झण्डै २५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । बैंकले १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुैपैयाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन् आउने २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । थप पढ्नुहोस्

नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता आदान–प्रदान हुने

muktinath-bikas-Bank-NBI
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रधुम्न पोखरेलले चैत्र २५ गते हस्ताक्षर गरेका छन् । उक्त सम्झोैतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । थप पढ्नुहोस्

गरिमा विकास बैंकका ४ नयाँ शाखा खुले, अझै १९ नयाँ शाखा बिस्तार हुदै

Garima-bikas-bank--govinda-dhakal
काठमाडौं । आक्रामक रुपमा शाखा बिस्तार अभियान संचालन गरेको गरिमा विकास बैंकले एकैदिन चारवटा शाखा खोलेको छ । बैंकले चैत्र १५ गते शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । थप पढ्नुहोस्
1 2 3 5