fbpx

भाडामा बसेकालाई एभरेष्ट बैंकले आफ्नै घर दिलाउने ल्यायो स्किम, मासिक किस्ता ९५९९ रुपैयाँ

Everst-bank_
काठमाडौं। एभरेष्ट बैंकले घर कर्जाको स्किम ल्याएको छ। “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित बैंकले यस्तो स्किम ल्याएको हो। यसमा मासिक किस्ता ९ हजार ५९९ रुपैयाँ पर्ने बैंकले जनाएको छ। यो स्किममा ऋण लिनेलाई सेवा शुल्कमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण उपलब्ध गराइने छ। बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । थप पढ्नुहोस्

महेन्द्रनगर र वीरेन्द्रनगरमा मुक्तिनाथको शाखा विस्तार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा शाखा विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे भने वीरेन्द्रनगर शाखाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल 'भण्डारी'ले गरेका छन् । बैंकका देशभरि ११४ वटा शाखा, २२ वटा एटीएम छन्। बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको जनाएको छ । थप पढ्नुहोस्

नेशनल लाईफ र कामना सेवा बीच बीमा सेवा सम्झौता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । थप पढ्नुहोस्

२ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण हाथवे फाइनान्सको सेयरमा परिणत

काठमाडौं ।२ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर हाथवे फाइनान्स कम्पनीको साधारण सेयरमा आज परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सुनसरीको धरानमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । थप पढ्नुहोस्

सिटी एक्सप्रेसको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । थप पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थामा नेपाली महिलाको उल्लेख्य प्रगति

काठमाडौं । नेपालमा ६ बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा खाता होल्ने तथा मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या दोब्बर भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम 'युएनडीपी' ले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । नेपाली महिलाको वित्तीय पहुचमा उल्लेख्य प्रगति गरेको पाइएको छ । सन् २०११ मा बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्ने र मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या कुल संख्याको २१।२ प्रतिशत थियो । सन् २०१४ मा बढेर यो संख्या ३१.३ प्रतिशत भयो भने सन् २०१७ मा ४१.६ प्रतिशत पुगेको छ । थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पतालबिच सम्झौता

काठमाडौ । स्वास्थ्य सेवामा ग्राहको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथै आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन ( Cash Less Hospitalization) सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पताल प्रा.लि. बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । थप पढ्नुहोस्

मौद्रिक नीति – लगानीमैत्री नीति नभएको निजी क्षेत्रको गुनासो , आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बैंकरहरुको दुखेसो

२५ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । थप पढ्नुहोस्

बैंकको ब्याजदर अझै बढ्ने, व्यवसायी थप मारमा

२७ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै निक्षेपको ब्याजदर वृद्धि हुने क्रम रोकिएको छैन । तरलता अभावपछि निक्षेप बढाउने दवावका कारण ब्याजदर बढ्ने क्रम नरोकिएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको सुरुसम्ममा मुद्दतीमा ५ देखि ८ प्रतिशतसम्म ब्याज दिएका बैंकले हाल १४.५ प्रतिशतसम्म दिन थालेका छन् । निक्षेपमा बढी ब्याज पाउनु बचतकर्ताका दृष्टिले राम्रो मानिए पनि अधिकतम ब्याजदरले अन्ततः उपभोक्तामाथि नै भार पर्दछ । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मुद्रास्फीति बढाउँछ । थप पढ्नुहोस्