fbpx

सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौं । लगातार टे«जरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको बैंंकले आइतबार एक सूचनामार्फत जानकारी दिएको छ । बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको टे«जरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । थप पढ्नुहोस्

सोमबार १० अर्बको टे«जरी बिल बिक्री गरिँदै

काठमाडौं । लगातार टे«जरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको बैंंकले आज एक सूचनामार्फत जानकारी दिएको छ । बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको टे«जरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । थप पढ्नुहोस्

बचत खाताकाे अवधि बढ्याे, बचतकाे ३ बर्ष,चल्तीमा ६ महिना म्याद

saving account
काठमाडौं । बैंकहरुमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार नभए निश्क्रिय हुने भएको छ। राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो । यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको बचत खाता स्वतः निश्क्रिय हुँदै आएको थियो। त्यस्तै चल्ती र कल निक्षेप खातामा भने ६ महिनासम्म कारोबार नभएमा निश्क्रिय हुने भएको छ। निश्क्रिय खातालाई पुनः सक्रिय बनाउन बैंकमै गएर आवश्यक प्रक्रिया पुर्याउनु पर्नेछ। बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर ग्राहक संख्या बढाउनेतर्फ लाग्दा एउटै व्यक्ति तथा संस्थाले धेरै बैंकमा खाता खोल्ने गरेका छन् । थप पढ्नुहोस्

सोमबार १३ अर्बको टे«जरी बिल बिक्री हुँदै

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको टे«जरी बिल बिक्री गरेको थियो । थप पढ्नुहोस्

एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

सिरहा । एनआई सी एशिया बैंक लि.को भगवानपुर गाउँपालिकावडा नं १, सिरहास्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवबाट भव्य समारोहकाबिच उद्घाटन भएको छ । उक्तशाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे । थप पढ्नुहोस्

कावासोती र टाँडीमा माछापुच्छ्रे बैंकको शाखा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । फागुुन २७ गते सोमबार नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरेका हुुन भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका हुन् । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । थप पढ्नुहोस्

बेलायती कम्पनीलाई ४० करोड नयाँ नोट छाप्ने जिम्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ ।आइतबार जारी गरेको प्रेस विज्ञप्ती मार्फत यस बिषयमा जानकारी दिएको हो । बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १०० दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो । बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो । थप पढ्नुहोस्

पूर्वाधार लगानी बैंक सञ्चालनमा

काठमाडौं । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ । चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा उद्घाटन गरे । त्यस अवसरमा उहाँले वर्तमान वित्तीय प्रणालीमा बैंकले परिपूरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

डलर बेच्दै भारु किन्दै : रेमिट्यान्सले धानेको अर्थतन्त्र धराशायी हुने क्रममा

काठमाडौं । बहुमुल्य विदेशी मुद्रा बिक्री गर्दैै भारतीय रुपैंया किन्ने नेपालको वाध्यता कायमै रहेको छ । चालु आर्थिक वर्ष २०७५।७६ को पहिलो छ महिनामा मात्रै नेपालले २ खर्ब ७४ अर्ब ५७ करोड नेपाली रुपैंया बरारबको भारु खरिद गरेको छ । यस अवधिमा २ अर्ब १६ करोड अमेरिकी डलर, २ करोड ८० लाख यूरो, २ करोड पाउण्ड स्टर्लिङ्ग, १८ अर्ब जापानी येन तथा २० करोड चिनीयाँ युआन बिक्री गरी रु.२ खर्ब ७४ अर्ब ५७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको मुुलुकको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षामा उल्लेख गरिएको छ । थप पढ्नुहोस्

पाँच अर्बको रिपो बिक्री गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोलका आधारमा बिक्री गर्न लागिएको जनाएको छ । दुई हप्ताको अवधिका लागि बिक्री गर्न लागिएको रिपो बोलकबोलबाट खरीद गर्न सकिनेछ । बैंकका अनुसार उक्त रिपोको अवधि यही फागुन २९ गतेसम्मको रहेको छ । थप पढ्नुहोस्
1 2 3 28