लुम्बिनी इन्स्योरेन्सका म्यानेजरले मिचे कारागारको जग्गा !

चर्चित टिभीका पत्रकारदेखि लामिछानेसम्मको नालीबेली बीरगंज । बीरगंजको जेलटोल पछाडिका पुराना बासिन्दाले बीरगंज कारागारको जमीन मिचेर घर निर्माण गरिसक्दा पनि जेल प्रशासन कानमा तेल हालेर बसेको आरोप लगाएका छन् । कारागार पछाडिको बस्तीमा नयाँ आएका अधिकांश बासिन्दाले कारागारको जमिन मिचेका छन् । यसमा नेपालका प्रख्यात टेलिभिजन पत्रकारको परिवारले पनि जमिन मिचेका छन् तर अरुको बारेमा टिभीमा खेदो खनेर देखाउने ती पत्रकार आफ्नोमा भने मौन छन् । थप पढ्नुहोस्

बडा दशैँको आगमनसँगै प्रभू लाइफको आक्रामक सुरुवात, एकै दिन ५ शाखा संचालनमा

काठमाडौं । बडा दशैं २०७५को आगमनसँगै प्रभु लाइफ इन्स्योरेन्सले आजदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु विस्तार गरेको छ । महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप-शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको संचालकले बताएका छन् । थप पढ्नुहोस्

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन आजदेखि शुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन 'सार्क' सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ । थप पढ्नुहोस्

जेष्ठ नेपाल इन्स्योरेन्स अब सर्वश्रेष्ठ हुन्छ : डिजीएम पाण्डे

काठमाडौं । राणाकालदेखि गणतन्त्रसम्म भोगिसकेको नेपालको पहिलो निर्जीवन बीमा कम्पनी आजदेखि ७२औं वर्षमा प्रवेश गरेको छ । २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ वर्ष पूरा गरेको उपलक्ष्यमा आज एक भव्य कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाल–भारत व्यापार विस्तारका क्रममा जोखिमको मात्रा कम गर्दै सुरक्षित व्यापार बिस्तारको भूमिका निर्वाह गरेको नेपाल इन्स्योरेन्सले इतिहासको लामो कालखण्ड नै पार गरिसकोको छ । थप पढ्नुहोस्

नेपाल इन्स्योरेन्सको नयाँ भवनबाट सगरमाथा आरोही शेर्पाले किने बीमा पोलिसी

सुशासन ठिक नहुने बीमा कम्पनीलाई कारवाही गर्ने चेतावनी काठमाडौं । नेपालको जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आफ्नो केन्द्रीय कार्यालय सारेको छ । कमलादीमा रहेको पुरानो भवन जीर्ण भएपछि कमलादी स्थित गणेशमन्दिर आडमा रहेको हामा कम्लेक्समा कार्यालय सारिएको कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । नेपाल इन्स्योरेन्सको नयाँ भवनबाट १८ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका साहसी आरोही निमा गोम्बु शेर्पाले बीमा पोलिसी किनेका थिए । थप पढ्नुहोस्

कुन-कुन निर्जीवन बीमा कम्पनीले गरे १३ अर्ब १० करोडको भुक्तानी ‘सूचीसहित’

काठमाडौं । आइतबार १७ वटा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब १० करोड ५३ लाख दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा बीमा गराउने विमितहरुमध्ये दावी पेश गर्नेहरुलाई सो मात्रामा भुक्तानी गरेका हुन् । ५८ हजार २ सय ८१ वटा दावीको भुक्तानीका लागि सो रकम तिरेका हुन् । गत आर्थिक बर्षमा २७ हजार ९५३ वटा दावीको भुक्तानी गर्न बाँकी रहेको छ । सो दावी वापतको ८ अर्ब ८७ करोड ९ लाख रुपैंयाँ भने भुक्तानी गर्न बाँकी रहेको छ । बाँकी दावी भुत्तानी चालु आर्थिक वर्षमा हुने छ । सबै भन्दा बढी दावी भुक्तानी हिमालयन जनलरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । थप पढ्नुहोस्

जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकको अध्ययन जटिल

काठमाडौं । पछिल्ला दिनहरुमा जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकको अध्ययन जटिल विषय भएको सम्बद्ध पक्षहरुले बताएका छन् । विशेष गरि पूँजी बजारमा सूचीकृत सबै कम्पनीहरुको वित्तीय विबरणबाट खुद नाफालाई आधार बनाएर अध्ययन गर्ने तथा समाचार सम्प्रशेष हुँदा जीवन बीमा कम्पनीको वास्तविक अवस्था ओझेलमा पर्ने गरेको अन्तरक्रियात्मक तालिमका सहभागि तथा आयोजकहरुले बताएका छन् । आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषय बस्तुलाई लक्षित गरेर एक दिवशीय अन्तरकृयात्मक तालिमको आयोजना गरिएको हो । थप पढ्नुहोस्

एनआईसी एसिया तथा युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाबाट सहज रूपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका थिए । थप पढ्नुहोस्

एनआईसी एशिया र युनाइटेड इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैङ्क र युनाइटेड इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच आइतवार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै बैङ्कका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवासम्बन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ । बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । थप पढ्नुहोस्

एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का।मु।प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच हस्ताक्षर भएको छ । थप पढ्नुहोस्
1 2 3 4