fbpx

बीमा क्षेत्रको नियमनकारी निकायमा पौडेल नियुक्त

raju-raman-poudel
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन् । गत जेठदेखि उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गर्दै आएका थिए । बीमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो । पौडेल दुई दशकभन्दा लामो समयदेखि बीमा समितिमा कार्यरत छन् । बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो । यो समिति नेपाल सरकार, अर्थ मन्त्रालयको एउटा लाईन सङ्गठन पनि हो । थप पढ्नुहोस्

सर्बोच्चकोआदेश : महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई लाईसेन्स दिनु

काठमाडौं । सर्बोच्च अदालतले दोस्रो पटक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिन आदेश दिएको छ । गत शुक्रबार प्रधानन्यायधीश ओमप्रकाश मिश्र, न्यायधीशहरु केदारप्रसाद चालिसे र टंकबहादुर मोक्तानको संयुक्त इजलासले समितिको माग खारेज गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन जारी गरेको परमादेशलाई निरन्तरता दिएको हो । सर्वोच्च अदालतले गत असार १४ गते महालक्ष्मी इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन परमादेश दिएको थियो । थप पढ्नुहोस्

राष्ट्र बैंककै शैलीमा बीमा समितिले गर्ने भो कडाइ, बीमा कम्पनीको नियमनमा तिव्रता

२७ जेठ,काठमाडौं। नियामक निकाय बीमा समितिले आफू अन्तर्गतका बीमा कम्पनीहरुको नियमनलाई तिब्र बनाएको छ। बीमा कम्पनीहरुमा सुशासन तथा पारदर्शिता ल्याउन समितिले नियमनमा कडाइ सुरु गरेको हो। अहिले बीमा समितिले कम्पनीहरुले बुझाउने फाइलका आधारमा अध्ययन गर्दै आएको थियो। पहिलो पटक तालिका बनाएर अनुगमनमा समितिले टोली पठाउन सुरु गरेको हो। ुअब नियमित इन साइड अनुगमन हुन्छ। यसले बीमा क्षेत्रको बास्तबिक अवस्थासमेत सतहमा आउँछ। समितिले नेपाल राष्ट्र बैंकले जस्तै बीमा कम्पनीहरुमा पनि इन साइडु नियमन सुरु गरेको हो । थप पढ्नुहोस्