fbpx

एनसीसी बैंकबाट शिखर इन्स्योरेन्सको बीमा सेवा पाईने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र शिखर इन्स्योरेन्स कम्पनी बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् । थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकबाट लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा गर्न पाईने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । थप पढ्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

   काठमाडौं  । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । थप पढ्नुहोस्

रोल्पामा बीमा गर्ने महिलाकाे सख्या बढ्याे

रोल्पा । रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको सङ्ख्या पनि महिला बढी भएका हुन् । जिल्लामा स्वास्थ्य बीमा गर्नेको कूल सङ्ख्या निकै कम देखिएको छ । थप पढ्नुहोस्

प्रभु लाइफ इन्स्योरेन्स नेपाल र पुनर्बीमा कम्पनीबीच सम्झौता

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५र०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न गर्ने भएको छ । थप पढ्नुहोस्

नक्कली बीमा गराई ठगी गर्ने ३ जना कारागार चलान

काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छ मध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । थप पढ्नुहोस्

एनएमबी बैंकमा खाता खोल्दा १० लाखको निशुल्क बीमा तथा बिनाधितो १० लाखसम्म ऋण सुविधा

काठमाडौं । बेलायतबाट दोस्रोपटक बैंक अफ द इयरको सम्मानप्राप्त गरेको एनएमबी बैंकले ७ प्रतिशत ब्याजदर मै सहुलियतपुर्ण कर्जा दिने भएको छ । समृद्ध नेपालको लागि बैंकिङको लक्ष्य लिएको एनएमबी बैंकले समग्र कृषि क्षेत्रको विकास र विस्तारमा योगदान गर्ने उद्देश्यले बिनाधितो सात प्रकारका कर्जा प्रदान गर्ने भएको हो । थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्सको ४४औं शाखा कीर्तिपुरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले  ४४औं शाखा काठमाडौंको कीर्तिपुरमा विस्तार गरेको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् । शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागांईले बीमाको पहुँच फराकिलो हुँदै गएको हुनाले स्वास्थ्य प्रतिस्पर्धा मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्ने बताएका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १ अर्ब ५ करोड रूपैयाँ रहेको बताएका छन् । थप पढ्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनसीसी बैंकले बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा पोलिसी बिक्री गर्ने गरीे मंसिर २६ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । थप पढ्नुहोस्

एनआईसी एशिया बैंकबाट आइएमईको जीवनबीमा सेवा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आई.सी एशिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एन.आई.सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । थप पढ्नुहोस्
1 2 3