fbpx

दोस्रो ‘साना किसान सम्मेलन २०७५ हुने

काठमाडौं । साना किसानलाई आधुनिक कृषि प्राणालीमा आकर्षित गरी कृषि उद्यमशीलताको विकासमा टेवा पु¥याउनका लागि काठमाडौँमा दोस्रो ‘साना किसान सम्मेलन–२०७५’ आयोजना गरिने भएको छ । ‘साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा यही फागुन १६ र १७ गते सो सम्मेलन आयोजना गर्न लागिएको नायब प्रमुखकार्यकारी अधिकृत निर्देशक झलेन्द्र भट्टराईले बताए । थप पढ्नुहोस्

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

बनेपा । अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पु¥याउन आवश्यक रहेको बताए । समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहँ्च र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको उनको भनाइ थियो । थप पढ्नुहोस्

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन

काठमाडौँ । पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन आइतबार सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । थप पढ्नुहोस्

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

काठमाडौं । नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले शेयर बिक्री गरेपछि चुक्ता पूँजी रु ६ करोड पुग्नेछ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको सो वित्तिय संस्थाको १९ वटा शाखा सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् । थप पढ्नुहोस्

बैंक तथा बित्तिय संघ–संस्थाका कर्मचारीहरू संगठित

नेपालगन्ज । नेपालगन्जका विभिन्न बैंक तथा बित्तिय संघ–संस्थाहरूमा कार्यरत कर्मचारीहरू संगठित भएका छन् । उनीहरूले संगठित भएर नेपालगन्ज बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाबाट दर्ता प्रमाणपत्र लिएका उनीहरूले नेपालगन्जमा रहेका सबै बैंक तथा वित्तीय क्षेत्रमा कार्यरतहरूलाई संगठित गर्दै अगाडि बढ्ने बताएका छन् । हर्मेस सोनीको अध्यक्षतामा गठित बैंकर्स क्लबमा मेगनाथ ढकाल उपाध्यक्ष, दीपक खनाल सचिव, दिलिप डाँगी सहसचिव र सिद्ध भण्डारी कोषाध्यक्ष छन् । थप पढ्नुहोस्

सिक्का चल्न छाड्यो महोत्तरीका बजारमा

गौशाला । केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा ९सिक्का० पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ । अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसा — जस्तै एक रुपैयाँ, दुई रुपैयाँ र पाँच रुपैयाँका सिक्का नलिएको उपभोक्ताको गुनासो रहेको छ । थप पढ्नुहोस्

लक्ष्मी बैंकको नया शाखा एकैपटक दुई जिल्लामा विस्तार

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको खा्रंडादेवी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । थप शाखाहरुको साथ,लक्ष्मी बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझैँ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । थप पढ्नुहोस्