fbpx

इ.पी.एस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मा

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन्। यहि मिति २०७५ साल चैत ८ गतेदेखि १७ गते (तदनुसार अप्रील २२–३१) सम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक (TOPIK- Test of Proficiency in Korean Language) परीक्षा शूल्क भुक्तान गर्न सकिने छ । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन् । थप पढ्नुहोस्

ग्लोबल आइएमइ बैंकको एटिएम सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज 'बिहिबार' सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ । कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ । थप पढ्नुहोस्

प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिइन् । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । थप पढ्नुहोस्

शेयर बजारः आज सात अङ्कले घट्यो

काठमाडौं । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको शेयर कारोवार भएन । थप पढ्नुहोस्

सनराइज बैंकबाट शिखर इन्स्योरेन्सको सेवा लिन पाइने

काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ग्र्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जिवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । थप पढ्नुहोस्

शेयर बजार सात अङ्कले घट्यो

काठमाडौं । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । थप पढ्नुहोस्

सोमबार १३ अर्बको टे«जरी बिल बिक्री हुँदै

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको टे«जरी बिल बिक्री गरेको थियो । थप पढ्नुहोस्

एनसीसी बैंकको मेलौली शाखा औपचारिक रुपमा संचालन

काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक लिमिटेडले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । औपचारिक रुपमा संचालनमा ल्याएको उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले २०७५ चैत्र २ गते, शनिबार संयुक्त रुपमा समुद्घाटन गरेका थिए । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे । उक्त कार्यक्रमको अध्यक्षता मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकज्यूले गरेका थिए । थप पढ्नुहोस्

ज्योति विकास बैंकका सीईओ ज्ञवालीको उधोगी–व्यापारी र नियामक निकाय प्रति आक्रोश

बैकिङ, ब्याजदर, मुनाफा, व्यापारीका समस्या अनि आर्थिक समृद्दि काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत "सीईओ" एवं चार्टर्ड एकाउन्टेंट मनोज ज्ञवालीले व्याजदर घटाउनु पर्छ भन्दै नेताहरुको घरदैलो चार्हाने उधोगी –व्यापारी तथा नियामक निकाय प्रति चर्को आक्रोश पोखेका छन् । आज विहान आफ्नो फेसबुकवालमा लामो लेख लेख्दै सीईओ ज्ञवालीले व्याजदर घटाउनु पर्छ भन्दै आन्दोलन घोषणा गर्ने तथा प्रधानमन्त्री र अर्थमन्त्रीलाई दवाव दिने सबै उधोगी–व्यापारीलाई सत्तोसराप गदै तर्कपुर्ण जवाफ दिएका हुन् । थप पढ्नुहोस्

एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

सिरहा । एनआई सी एशिया बैंक लि.को भगवानपुर गाउँपालिकावडा नं १, सिरहास्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवबाट भव्य समारोहकाबिच उद्घाटन भएको छ । उक्तशाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे । थप पढ्नुहोस्
1 2 3 4 107