fbpx

सिद्वार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि सिद्वार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । सिद्वार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराएको छ । यसका साथैै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेभएका छन् । थप पढ्नुहोस्

महालक्ष्मी विकास बैंकको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साँफेबगर शाखाले साँफेबगर नगरपालिका वडा नं ४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल बनाउन बैंकका शाखा प्रबन्धक लक्ष्मण बहादुर साउद र बयलपाटा अस्पतालका डा. विकाश गौचन सहित पाँच सदस्यहरुको उल्लेख्य भूमिका रहेको थियो । शिविरमा साँफेबगर नगरपालिकाका १४७ जना निशुल्क उपचार गराएका थिए । थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको थप २ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । जेठ १५ गते मंगलबार देखि लमजुङ्ग जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सम्पूर्ण दिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाकोे लागि स्थानिय छत्र बहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । थप पढ्नुहोस्

एनएमबि बैंक ‘साउथ एशिया’ अवार्डबाट सम्मान

काठमाडौं । एनएमबि बैंकले ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रजाइल कन्टीज २०१७ साउथ एशिया’ अवार्डबाट सम्मानित भएको छ ।नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । ग्लोबल टेड्र फाइनान्स प्रोगाम २०१७ मा बैकले गरेको सहकार्यका लागि रिजनल फाइनान्स इन्स्टिच्युसन गु्रप आइएफसीका प्रमुख एशिया एण्ड प्यासिफिक मिस्टर भिट्टिरियो डी बिल्लोले एनएमबि बैंकका सिइओ सुनिल केसीलाई सो अवार्ड प्रदान गरेका हुन् । थप पढ्नुहोस्

शेयर बजार : नौ अंकले घट्यो

काठमाडौँ  । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ ।आज बीमा उपसमूहको शेयर भने उकालो लागेको छ । सो समूहको शेयर ५.६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०।६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ बिन्दुले घटेको छ । थप पढ्नुहोस्

स्वास्थ्य शिविरका लागि प्रतिष्ठान र लक्ष्मी बैकंबिच सम्झौता

काठमाडौँ । निरन्तर रुपमा समाज सेवा गर्दै आइरहेको लक्ष्मी बैंकले निशुल्क शिविर संचालन गर्न वि.पि नेत्र प्रतिष्ठान बाल आँखा, नाक कान घाँटी अस्पताल, तथा पुनःस्थापना सेवाको र कानको शल्यक्रिया तथा जाँच शिविरका लागि सम्झौता गरेको छ । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालनगर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु) सम्पन्न गरिएको छ । पहिलो ३ दिने क्याम्प बाराको निजगढमा सोमबार देखि सुरु भएको छ । थप पढ्नुहोस्

कुमारी बैंक र हिमाल डेन्टलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालिसँग सम्झौता गरेको छ । हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालिका प्रिन्सिपल डा। सीता निउर तथा कुमारी बैंकका तर्फबाट चाबहिल शाखाका शाखाप्रबन्धक स्मृति जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौतापश्चात कुमारी बैंकका ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । थप पढ्नुहोस्

जनप्रतिनिधिको कृषि विकास बैंकको सेवाप्रति गुनासो

चितवन । कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै जनप्रतिनिधिले गुनासो व्यक्त गरेकाछन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ  आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले गुनासो गरेका हुन् । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताइन् । थप पढ्नुहोस्

मृगौला पिडितलाई महालक्ष्मी बैंकको ५० हजार सहयोग

काठमाडौँ । महालक्ष्मी बिकास बैंक लि. को भक्तपुर शाखाले काभ्रेका मृगौला पिडितलाई उपचारका लागि सहयोग गरेको छ । बैकंले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको जानकारी दिदै मृगौला पिडितलाई उपचारमा सहयोग गरेको बताएको छ । काभे्र जिल्ला बेथानचोक वडा नं ६ का ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त बैकंले रु ५० हजार सहयोग गरेको छ । सहयोग कार्यक्रममा बंैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरले तामाङ्गलाई चेक हस्तान्तरण गरेका थिए । थप पढ्नुहोस्

जनता बैंक : भण्डारा शाखाबाट कारोवार सुरु

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको छ । पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन उदेश्यले शाखा विस्तार गरिएको छ । बैंकले पूर्व पश्चिम राजमार्ग भएर ओहोर दोहोर गर्ने ग्राहकहरुले यस शाखा मार्फत थप सुविधा लिन सक्ने बैंकले अपेक्षा लिएको छ । थप पढ्नुहोस्
1 85 86 87 88 89 106