१०२ मेगावाट क्षमताको मध्य भोटेकोशीको शेयरमा आवेदन खुल्ला

पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुले भर्न पाउने काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजबाट १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि बिक्री सुरु गरेको छ । पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ । थप पढ्नुहोस्

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर 'आइपिओ' बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । थप पढ्नुहोस्

शेयर बजार : चौध अङ्कले बढ्यो

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक उल्लेख्यमात्रामा वृद्धि भए पनि कारोवार रकममा भने आशातित वृद्धि हुन सकेन । कूल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोवार भएको हो । थप पढ्नुहोस्

आठ कम्पनीले तीन अर्बको हकप्रद शेयर बेच्दै

काठमाडौं । विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् । आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजार ९८१ मूल्य बराबरको ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । थप पढ्नुहोस्

लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । साथै नेप्सेले पुरानो कारोबार प्रणाली (सिटिएस) मा विवरण अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ । निकै लामो प्रतिक्षा र तामझाम साथ सुरु गरिएको अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा संचालनमा नआएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न गराउन आग्रह गरेको हो । थप पढ्नुहोस्

शेयर बजारसँग रिसाइन लक्ष्मीमाता : दोहोरो अङ्कको गिरावट

Bear market in Nepal
काठमाडौं । तिहार पर्व सकिएसँगै आज पहिलो दिन खुलेको धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । लामो समयदेखि शेयर बजारमा आएको गिरावटले निराश भएका शेयर बजारका खेलाडीहरुले लक्ष्मीमाताको पुजा धुमधामले गरि लक्ष्मी मातालाई खुशी पार्न खोजे पनि आजको संकेतले उनीहरुलाई थप निराश पारेको छ । थप पढ्नुहोस्

पञ्चासे केबुलकारमा प्रभावित क्षेत्रका बासिन्दालाई पनि शेयर दिइने

पर्वत । कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । थप पढ्नुहोस्

वैदेशिक रोजगारीमा गएका नेपाली शेयर बजारमा

बुटवल। वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ। खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन्। “उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ” दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भने । थप पढ्नुहोस्

पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य : चन्द्रप्रसाद ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको कुरा उल्लेख गरेका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आज राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरे । थप पढ्नुहोस्

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर 'आइपिओ' बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन् । थप पढ्नुहोस्
1 2 3 23