स्टार हस्पिटल र आईएमई लिमिटेडबीच सम्झौता

काठमाडौं । स्टार हस्पिटल र आईएमई लिमिटेडबिच सहकार्य गर्ने सम्बन्धमा सम्झौता पत्र हस्ताक्षर भएको छ। सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा आईएमई लिमिटेडका तर्फबाट श्रेत्रीय प्रमुख माधव कटुवालले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार स्टार हस्पिटलले आईएमई लिमिटेडका ग्राहकहरुलाई उपचार खर्चमा १५५ % सम्म छुट प्रदान गर्नेछ। छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले आईएमई प्रिभिलेज कार्ड देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताएका छन् । थप पढ्नुहोस्

आइएमईसंग भेनस अस्पतालले गर्यो स्वास्थ्य सेवा सम्झौता

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीयकार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालवीच गत बिहीबार सेवा सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुटपाउने भएका छन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने,अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् । थप पढ्नुहोस्

मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएकी फुडोमा तामाङलाई सिटी एक्सप्रेस ट्रान्सफरले आर्थीक सहयोग गरेको छ । इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको संयुक्त पहलमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । थप पढ्नुहोस्

यसपालीको दशैंमा : यात्रा सेवा शुल्क ‘आइएमई पे’ मा

आइएमई पे र बससेवा ट्रावल एण्ड टुर प्रा. लि.वीच सम्झौता काठमाडौं । बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने भएका छन् । यस व्यवस्था सँगै नजीकदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ । थप पढ्नुहोस्

आईएमईको दशैं अफर : दश रुपैयाँमा हवाई यात्रामा सरर

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले रू. दश (१०) वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने छन् । यो योजना आजदेखि सुरु भएको छ । जम्मा १८ (अठार) दिन कायम हुने अफर असोज ३१ गते सकिने भएको छ । थप पढ्नुहोस्

दशैं लक्षित सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’ सुरु

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा”सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल बाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो । थप पढ्नुहोस्

आइएमई लिमिटेड र एन्टीक फेशन स्टोरबीच सम्झौता

 प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई ३०प्रतिशत छुट काठमाडौं । काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेशन स्टोरबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले एन्टीक फेशन स्टोरबाट समान खरिद गर्दा तीस (३० ) प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । यो सुविधाका लागी आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनु पर्नेछ । थप पढ्नुहोस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अमेरिकाबाट पनि सुरु

काठमाडौं । अमेरिकाको १५ हजार भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्वभरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफर बीच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेका कुनैपनि नेपालीहरुले जुनसुकै State (स्टेट) बाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले दिएका छन् । थप पढ्नुहोस्

शुक्रबार विदेशी विनीमयदरमा मूल्य केही बढ्यो

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार रियाल दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्य केही पैसाले बढेको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । थप पढ्नुहोस्

मलेसियाबाट सानिमा बैंकको रेमिट्यान्स सेवा सुरु

काठमाडौं । सानिमा बैकले मलेसियाबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । सीबीएल मनि ट्रान्सफर कम्पनीसँग सम्झौता गरेर रेमिट्यान्स सेवा सुरु गरेको सानिमा बैंकले जनाएको छ । अब सानिमा बैंकको रेमिटयान्स सानिमा एक्सप्रेस मार्फत मलेसियाबाट पठाएको रकम नेपालभर ८ हजार भन्दा बढी प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने सानिमा बैंकले जनाएको छ । मलेसियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न सकिने सानिमा बैकले जनाएको छ । थप पढ्नुहोस्
1 2