आज धितोपत्र बजारमा शेयरको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा बढी हो । थप पढ्नुहोस्

सूचिकृत कम्पनीलाई नेप्सेले दियो चेतावनी

४६ कम्पनीको नविकरण शुल्क बुझाउन बाँकी काठमाडौं । पटक–पटकको अनुरोधलाई वेवास्ता गर्दै आएका नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचिकरण भएका कम्पनीहरुले आज असोज २९ गतेभित्र बार्षिक नविकरण शुल्क नबुझाए दशैं पछिको पहिलो कारोबार दिन कात्तिक ४ गते देखि शेयर कारोबार रोक्का हुने चेतावनी दिएको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै निर्देशन दिएको थियो । नेप्सेका अनुसार हाल नेप्सेमा सूचीकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २८ गतेसम्म १५२ कम्पनीले नविकरण शुल्क बुझाएका छन् । थप पढ्नुहोस्

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ । समग्रमा आज नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ । थप पढ्नुहोस्

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा आज देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ । चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ । लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । थप पढ्नुहोस्

नेप्से परिसूचकमा वृद्धि, कारोवार रकम न्यून

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । थप पढ्नुहोस्

नेप्से स्थिर, घट्यो कुल कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज 'नेप्से' परिसूचक प्राय आज स्थीर रहेको छ। परिसूचक ०.४० ले बढेर १२ सय १८.३३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल कारोबार भने मंगलवारको तुलनामा १२ करोड रुपैयाँले घटेर २२ करोड ६५ लाख २४ हजार ६४७ पुगेको नेप्सेले जनाएको छ। आज १६२ कम्पनीका ८ लाख ५६ हजार १८७ कित्ता शेयर किनबेच भएका थिए। मंगलबार १० लाख ९८ हजार कित्ता शेयरहरु खरिद विक्री हुँदा ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो। बुधबार बैंकिङ र उत्पादन मूलक समूहमा बृद्धि भएपनि ८ समूहका सूचक घटेका छन्। बैंकिङ २.३८ अंकले बढेको छ भने उत्पादनमूलक ६.१५ अंकले सुधार आएको छ । थप पढ्नुहोस्

सेयर बजार प्रवेश गर्दा १० कुरामा ध्यान दिनुस

काठमाडौं । के तपाई सेयर बजारमा प्रवेश गर्ने सोचमा हुनुहुन्छ तपाईको सोच अनुसार सेयर बजार प्रवेश गर्नेसम्म मनासायमा पुग्नु भएको छ । यदि तपाई सेयर बजार प्रवेश गर्दै हुनुहुन्छ भने तपाई लगानीकर्ताले बजार प्रवेश गर्नु पूर्व केही कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । १. स्वतन्त्र दिमाखले सोच्नु अत्यन्त आवश्यक हुन्छ । २. तथ्यगत सूचनामा मात्र भर पर्नु पर्छ । ३. आपूm स्वयम्ले बुझेपछि मात्र सेयरमा पैसा हाल्नु उचित हुन्छ । ४. सेयर बजारको अवस्थाको बारेमा लगानीकर्ता जानकार रहनुपर्छ । ५. जोसमा भन्दा होसमा आएर लगानी गर्ने बानी बसाल्नुपर्छ । थप पढ्नुहोस्

कमजोर ग्रेडिङ्ग पाएको आँखुखोला हाइड्रोमा लगानीकर्ताको चासो !

काठमाडौं । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको थियो । सो हाइड्रोपावर कम्पनीले (असोज २३ गतेदेखि) सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) पहिलो दिनमा नै ९० प्रतिशत भन्दा बढी बिक्री भएको समाचार प्राप्त भएको छ । हाइड्रोको शेयरमा झण्डै पौने १२ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले सिभिल क्यापिटलले जनाएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिने कम्पनीले जनाएको छ । थप पढ्नुहोस्

शेयर बजार : सामान्य अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ । थप पढ्नुहोस्

शेयर बजार : सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ । लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । थप पढ्नुहोस्
1 2 3 18