fbpx

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा कञ्जनपुरको महेन्द्रनगरमा औपचारिक रुपमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरेका थिए । थप पढ्नुहोस्

स्वीस बैंकमा खाता नभएको बरु आईएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको चन्द्र ढकालको दावी

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाई छ । थप पढ्नुहोस्

सिटी एक्सप्रेसबाट १२ लाखको बम्पर पुरस्कार पाए जापान बस्ने खत्रीले

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस”
काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाअन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफरको १२ लाख जित्ने बम्पर उपहार बिजेता जापान बस्ने मानबहादुर खत्री भएका छन् । वैदेशिक रोजगारीको शिलशिलामा जापान बस्दै आएका खत्रीले लक्की ड्र«मा परी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) द्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत उक्त विजेता घोषणा गरिएको जनाईएको छ । थप पढ्नुहोस्

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखा बेनी र कुश्मा

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा पर्वतको सदरमुकाम कुश्मा र म्याग्दीको सदरमुकाम बेनीमा शाखा कार्यालय  विस्तार गरेको छ । व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्य अनुसार आज  शाखाहरुको उदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका हुन्। कार्यक्रममा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्ने कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी तयार रहेको जानकारी दिए । थप पढ्नुहोस्

आइएमईबाट रकम पठाउने धीरेन्द्रकुमारले पाए २० लाख रुपैयाँ

काठमाडौं। आइएमई रेमिटेन्सबाट पैसा पठाउने धीरेन्द्रकुमार झागडले बीस लाख रुपैयाँ जितेका छन्। कम्पनीले दशैं,तिहार र छठलाई लक्षित गर्दै ल्याएको दशैंमा बीस लाख योजनाको झागड वम्पर विजेता बनेका हुन्। उनले मलेसियाबाट रकम पठाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । थप पढ्नुहोस्

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” विजेता भइन धिमाल

काठमाडौं । सिटी एक्सप्रेसकाे “लखपति एक्सप्रेस” योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु. १ लाखको मासिक लक्की ड्र मा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी छन् । यस उपहार योजना अबधिसम्म दैनिक उपहार योजनाअन्तर्गत १०८० जनाले रु २०० को मोबाइल टपअप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १०,००० र २ जनाले रु १००,००० जितिसकेका छन । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको हो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी धिमाललार्ई नगदस्वरुप पुरस्कार हस्तान्तरण गरिएको हो । थप पढ्नुहोस्

आइएमईको सेवा अब बैंक अफ काठमाण्डूबाट लिन पाइने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाण्डूले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै बैंक अफ काठमाण्डूका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने आइएमईले जनाएको छ । थप पढ्नुहोस्

सिटी एक्स्प्रेसबाट पैसा पठाउँदा अग्रहरीले जिते १ लाख

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको दोस्रो महिनाको विजेता बने पर्साका बिनोद अग्रहरी काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् । दोस्रो महिनाको रुपैयाँ १ लाखको मासिक लक्कीड्रमा पर्न उनी सफल भएका हुन् । यस उपहार योजना अवधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार र १ जनाले १ लाख नेपाली रुपैयाँ जितिसकेका छन् । थप पढ्नुहोस्

पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य : चन्द्रप्रसाद ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको कुरा उल्लेख गरेका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आज राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरे । थप पढ्नुहोस्

आइएमई लिमिटेड र पल्पसा क्याफेवीच सम्झौता

 प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र काठमाडौंस्थित बसन्तपुरमा अवस्थित पल्पसा क्याफबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष पाउन सक्नेछन् । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । थप पढ्नुहोस्
1 2 3