शेयर बजारमा उत्साह कायम, बजार २.६१ अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ । थप पढ्नुहोस्

शेयर बजारमा आज सामान्य गिरावट

काठमाडौं । धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ । तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । थप पढ्नुहोस्

धितोपत्र बजार अझै दुई महिना पूर्ण अनलाइनमा जाँदैन : साउद

काठमाडौ । धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । थप पढ्नुहोस्

शेयर कारोबार बढ्दा ‘नेप्से’ सामान्य गिरावट

काठमाडौं । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ । स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ । थप पढ्नुहोस्

साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौं । साताको कारोवारको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक मात्रै नभइ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ । आज कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको शेयरमा वृद्धि भएको छ । थप पढ्नुहोस्

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार बिहीबार नयाँ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । थप पढ्नुहोस्

युनिलिभरका शेयरधनीलाई ‘अमिलो प्रतिफल’ , शेयर मुल्यमा क्रमशः गिरावट

काठमाडौं । नेपाली पूँजी बजारमा आफ्नो फरक पहिचान बनाएको युनिलिभर नेपालका शेयरधनीले नमिठो प्रतिफल पाउने भएका छन् । सर्वाधिक महङ्गो मुल्यको सेयर रहेको युनिलिभर नेपालले आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांशमा भारी कटौती गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस पटक कम्पनीले नगद लाभांशमा भारी कटौती गर्दै प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश दिने प्रस्ताव सार्वजनिक गरेपछि लगानीकर्ता टाउकोमा हात राख्न पुगेका छन् । अघिल्लो आर्थिक वर्षमा २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । थप पढ्नुहोस्

साताको पहिलो दुई दिन कारोबार रकम र नेप्से दुवै बढ्यो

काठमाडौं । साताको पहिलो दुई दिन करेक्सन भएको बजार, मंगलबार पुन बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । गत साता नेप्से परिसूचक ४० अंक बढेपछि लगानीकर्ताहरू यस साताको पहिलो दुई दिन नाफा सुरक्षित गर्नतर्फ लागेका थिए । फलस्वरूप बजारमा करेक्सन भएको हो । सूचीकृत कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी नै छ । लगानीकर्ताहरू लाभांश पाउने भएपछि उत्साहित भएका छन् । यसले बजार बढ्न टेवा पुगेको एक ब्रोकरले बताए । यसका साथै पुँजीगत लाभकरको विवाद छिट्टै अन्त्य हुनेमा लगानीकर्ताहरू आशावादी रहेका छन्  । थप पढ्नुहोस्

मंगलबार थामियो शेयर बजार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८५ बिन्दुले बढेर २५८.०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता शेयर रु ३३ करोड ३२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन् । दुई उपसमूहको शेयर ओरालो लागे पनि अरु उपसमूहको शेयर उकालो लाग्दा बजारमा सकारात्मक प्रभाव परेको हो । थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको साधारण शेयरमा तीन गुणा बढी आवेदन

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ । करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण शेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । स्थानीयले रु एक अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको दश प्रतिशत बराबरको साधारण शेयर हो । थप पढ्नुहोस्
1 2 3 16