स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने, प्रतियुनिट २ रुपैयाँ ७४ पैसा लागत लाग्ने अनुमान

काठमाडौं । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको नेपाल विद्युत् प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ । थप पढ्नुहोस्

पूर्वप्रधानन्यायाधीश कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ । आज लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ । थप पढ्नुहोस्

आज विश्व पर्यटन दिवस, नाट्टाले विभिद कार्यक्रम गर्दै

काठमाडौं । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो । आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने फुटसल प्रतियोगितामा प्रतियोगितामा पुरुष १४ र महिला तीन टोलीको सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए । थप पढ्नुहोस्

काठमाडौंमा नै सुरु भयो साहसिक खेल प्याराग्लाइडिङ

कुमार चौलागाई/आदित्य दाहाल काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा व्यवसायिक व्यराग्लाइडिङ सुरु भएको छ । शङ्खरापुर प्याराग्लाइडिङले सेवा संचालनमा आएपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो । थप पढ्नुहोस्

संस्थानले दशैँलाई लक्षित गरी एक हजार च्याङ्ग्रा मनाङबाट ल्याउने

सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालन काठमाडौं । नेपाल खाद्य संस्थानले सहकारी मार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार करीब १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइनेछ । “कर्मचारी अभाव र सर्वसाधारणलाई पहुँच पु¥याउन यसपटकदेखि हामीले सहकारीमार्फत चाडपर्वमा खाद्यान्न वितरण गर्न थालेका हौँ”, उनले भने । थप पढ्नुहोस्

नेपाल राष्ट्र बैँकको भवन निर्माण शुरु, पुनःनिर्माणमा ढिलाई नगर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ कार्यालय निर्माण शुरु भएको छ । थापाथली परिसरमा भूकम्पबाट क्षतिग्रस्त भवनलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । विसं २०७२ वैशाखमा गएको गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनलाई क्षतिग्रस्त बनाएको थियो । बैंकको थापाथलीमा ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ । उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ । थप पढ्नुहोस्

निर्माण व्यवसायी महासङ्घमा सिंह पक्षको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घको आसन्न ११ औंँ अधिवेशनमा निर्माण व्यवसायी रवि सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित एक साक्षात्कारमा उनले निर्माण व्यवसायीको हक हितका साथै गुणस्तरीय सेवा र यस सेवामा देखिएका कमी कमजोरीलाई सच्याउनेतर्फ आफनो ध्यान केन्द्रित हुने बताए । यसैगरी सिंहकै नेतृत्वमा महासङ्घका वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे र महासचिवमा हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । थप पढ्नुहोस्

घरजग्गाको वैज्ञानिक बहाल कर निर्धारण गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले घरजग्गाको मूल्याङ्कन वैज्ञानिक ढङ्गले यथार्थपरक गरी घरबहाल करको दायरा वृद्धि नगर्न स्थानीय करसम्बन्धी पुनरावलोकन समितिलाई सुझाव दिएको छ । स्थानीय करसम्बन्धी पुनरावलोकन समितिका पदाधिकारीसँग छलफल गरी कर प्रशासन सुधारकालागि समितिलाई यस्तो सुझाव दिइएको चेम्बरले जनाएको छ । चेम्बरले घरबहाल यसैगरि, चेम्बरले करको दर घटाई ५५ कायम गर्न, पार्किङ व्यस्थित ढङ्गले गरेर मात्र शुल्क उठाउन समितिलाई सुझाएको छ । थप पढ्नुहोस्

नगरपालिकाले सार्वजनिक जग्गामा होटल बनाउन सिफारिश गरेपछि विवाद चुलियो

काठमाडौं । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको ५ कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको छ । थप पढ्नुहोस्

करिब १४ अर्ब लागतमा थानकोट, भक्तपुर र पोखरामा तारे होटल बनाउन लगानी बोर्डबाट स्वीकृत

काठमाडौं । सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको हिजोको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ । थप पढ्नुहोस्
1 2 3 140