आईएमई अटोमोटिभ्सको हार्ले डेभिडसन बाइक फेस्ट

imeautomotives
काठमाडौं । गत शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको बारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । थप पढ्नुहोस्

यूएमको क्रुजर बाइकले ल्यायो नयाँ वर्षको बहार, एक लाखसम्म नगद उपहार

ime automotives bike showroom
काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने छ । सो अफर चैत २५ देखि लागु भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ । थप पढ्नुहोस्

ड्याट्सन गो कारको नयाँ मूल्य सार्वजनिक, न्यूनतम मुल्य कति ?

datsun go
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । यी गाडीहरु सुनसरी जिल्लाको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा. लि. को ईटहरीले एक कार्यक्रमकाबीच आईतबारदेखि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको हातबाट लन्चिङ गरिएको हो । ओम साई मोटो कर्प प्रा. लि. का प्रवन्ध निर्देशक पारसमणि गेलालका अनुसार गाडी रु २४.९९ लाखबाट प्रारम्भ हुनेछ । यस गाडीका विभिन्न ३ मोडेलहरु GO, GO A (O), GO T / GO T(O) नेपाली बजारमा उपलब्ध रहेका छन् । थप पढ्नुहोस्

९ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन

हेटौँडा । हेटौंडामा रु ९ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल क्लिङ्करलगायतका कच्चा पदार्थ खरीद गरी ओपिसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण शुरु गरेको उद्योगका महाप्रबन्धक गणेशकुमार सिंहले बताए । थप पढ्नुहोस्

भित्रियो नेपाली बजारमा बेल्ला

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रसाधन निर्माता कम्पनी कोटी इङ्कको एकाई कोटी प्रोफेसनल ब्युटी नेपाल भित्रिएको छ । कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो । विशाल ग्रुपका निर्देशक अर्पित अग्रवालका अनुसार नेपालीहरू आफ्नो केश कलर गर्न विशेष रुचाउँछन् । यसका लागि बेल्ला उपुयक्त ब्रान्ड हो । थप पढ्नुहोस्

मकवानपुरबाट २० प्रतिशत फूल तिहारलाई

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् । ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्रीवितरण भइरहेको छ । मकवानपुरको उत्तरी भेगमा व्यावसायिक हाल तीन हजार ७३४ हेक्टर जग्गामा कृषकले पुष्पखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । थप पढ्नुहोस्

यी हुन अन्तराष्ट्रिय प्रतिबन्ध लागेका तर नेपालमा निर्वाध बिक्री हुने गाडी !

काठमाडौ । चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका गाडीले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ। उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन। सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन। विषाक्त कार्बन उत्सर्जन गर्ने यस्ता साधन रहेको पाइएमा सम्बन्धित कम्पनीमा फिर्ता पठाउने नपठाउने भन्नेबारे नेपाल सरकारले नै सोच बनाएको छैन । थप पढ्नुहोस्

घट्यो उदयपुर सिमेन्टको मूल्य

उदयपुर । देशभर सिमेन्टेको मूल्यमा कमी आएको वेला उददयपुर सिमेन्ट उद्योगको गैँडा छापा सिमेन्ट प्रतिबोरा २८ रुपैँया २२ पैसाले घटेको छ। मंगलबारदेखि प्रतिबोरा ८ सय ९८ रुपैँया ३५ पैसाबाट घटेर ८ सय ७० रुपैँया १० पैसा कायम भएको हो। उदयपुर सिमेन्ट उद्योग९उसिउली० का निमित्त महाप्रबन्ध महेश काफ्‍लेले देशभर सिमेन्टको मूल्य घटेको वेला उदयपुर सिमेन्टको पनि मूल्य घटाएको बताए। ‘सबै प्रकारका सिमेन्टको मूल्य घटाएका छन्,’ उनले भने, ‘हाम्रो सिमेन्टको पनि भ्याट, अन्त शुल्क सबै जोडेर ८ सय ७० रुपैँया १० पैसा कायम गरेका हौँ । थप पढ्नुहोस्

अन्तराष्ट्रिय बाण्ड पार्क एभिन्यू नेपाली बजारमा

काठमाडौं । अन्तराष्ट्रिय बाण्ड, पार्क एभिन्यू, अब नेपालका बजारहरुमा आएको छ । पार्क एभिन्यूले पुरुषहरुका लागी बहुउपयोगी सौन्दर्य सामाग्रीहरु जस्तै डियोड्रेन्ट, कोलोगंस पर्फयुम, टाल्क, हेयर जेल, स्याम्पू सेभिङ्ग क्रीम, सेभिङ्ग फोम र आफ्टर सेभ उत्पादनहरु ल्याएको छ । नेपालीबजारको मागलाई सम्बोधन गर्ने गरि आफ्ना उत्पादनहरु नेपाली बजारमा पठाउने बताईएको छ । अन्य पुरुष सौन्दर्य सामग्री भन्दा नेपालमा आफ्ना उत्पादनले राम्रो स्तान पाउने पनि उत्पादकले जनाएको छ । थप पढ्नुहोस्

नेपाल ग्यासको कम्पोजिट सिलिण्डर ९ हजार २ सय २५ रुपैयाँ !

को काठमाडौं । नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्यासले कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ। कम्पोजिट ग्यासलाई एक कार्यक्रमका बिच उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले सिलिण्डरको बिक्री शुभारम्भ गरेको नेपाल ग्यासले जानकारी दिएको छ । कम्पोजिट सिलिण्डरको नेपालको एक मात्र यस्तो ग्यास हो जो आगोले विस्फोट हुँदैन।कम्पनीका अनुसार सिलिण्डर पारदर्शी भएकाले उपभोक्ताले ग्यासको लेभल सजिलै जाँच्न सक्ने छन् । कम्पनीका अनुसार अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त हुने भएको छ । थप पढ्नुहोस्
1 2 3