ग्रामीण भेगका महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

सुशिला रेग्मी बेझाड । ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् । थप पढ्नुहोस्

डिस होमले रानिबारी हत्याकाण्डसहितका “अपराध” कार्यक्रम ल्याउने

काठमाडौं । समाजमा घटेका अपराधिक सत्य घटनामा आधारित रहेर (सिआईबी फाइललाई आधारमानी) नाट्य रूपान्तरित कार्यक्रम “अपराध” तयार पारिएको  छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरणसहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने डिस मिडियाले जनाएको छ । डिस मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरेको छ । थप पढ्नुहोस्

उद्योग स्थापना गर्न तीन सय बढीको आवेदन

भीमदत्तनगर । सरकारले स्थापना गर्न लागेको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘दैजी छेला औद्योगिक क्षेत्र’मा उद्योग स्थापना गर्न ३६२ जना व्यवसायीले आवेदन भरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रका उद्योग व्यवसायीले उद्योग स्थापना गर्न आवेदन दिएको बेदकोट नगरपालिकाले जनाएको छ । व्यापारी तथा व्यवसायीले फलाम, सरिया, नमकिन, विभिन्न मिल स्थापना गर्न आवेदन दिएको नगरपालिका कार्यालयले जनाएको छ । साना, ठूला र मझौला उद्योग स्थापना गर्न गत साउनमा आवेदन खोलिएको थियो । थप पढ्नुहोस्

तासको खालबाट प्राधिकरण नोलाइट फाँटका कर्मचारी रंगेहात समातिए

उज्यालो नेपाल अभियानमा बाधक बन्दै नोलाइट फाँटका कर्मचारीहरु, जसलाई खम्बा सार्दा र मिटर जडान गर्दा घुस चाहिन्छ ! देशभरी नै यस्ता कामचोर प्रवृत्ति भएका कर्मचारीले कुलमानको कमाण्ड र कार्यलाई हल्लाइरहेको छ र गिज्याइरहेको छ भन्दा फरक नपर्ला । काठमाडौं । वर्षै वर्षदेखि अर्बैं रुपैयाँ घाटामा रहेकको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई धम्किदिने कर्मचारी पक्राउ परेका छन् । घिसिङको आगमनले नेपाल विद्युत प्राधिकरणले पुनर्जिवन प्राप्त गरेको छ भने सारा नेपालीले उज्यालोमा बस्न पाएका छन् । देश उज्यालो भएको छ । थप पढ्नुहोस्

सहुलियतमा ५० क्विन्टल चामल बिक्री

लमही । नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको चामल बिक्री गर्ने योजना बनाएको थियो । खाद्य संस्थान दाङका प्रमुख माधव मिश्रका अनुसार कार्यालयबाट सोना मनसुली १३ क्विन्टल र जिरा मसिनो २५ क्विन्टल बिक्री भएको छ । चाडपर्वलाई लक्ष्य गरी संस्थानले असोज १७ गतेदेखि चामल बिक्री शुरु गरेको हो । ग्राहकलाई सस्तोमा उपलब्ध गराउने उद्देश्यले चामल बिक्री शुरु गरिएको हो । थप पढ्नुहोस्

युवाको लगानीमा साबुन उद्योग सञ्चालन

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए । पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ । उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ । प्रति गोटा मूल्य रु ५० कायम गरिएको सो साबुनको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको छ । थप पढ्नुहोस्

तिहारमा सुपथ मूल्यको पसल सञ्चालन

बागलुङ । साल्ट ट्रेड्रिङ्ग कर्पोरेसन लिमिटेड डिपो कार्यालय बागलुङले चाडपर्वका अवसरमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्ष्य गरी डिपोले चिनी तथा नुनको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएको सो पसलको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले उद्घाटन गरेका हुन् । “जनतालाई चाडपर्वका अवसरमा सहज होस् भन्दै ढिलै भए पनि सुपथ मूल्य पसल सञ्चालन गरेका छौँ,” कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले भने । यही कात्तिक २७ गतेसम्म सञ्चालन हुने सो सुपथ मूल्य पसलमा चिनी तथा नुन लिन आउने उपभोक्ताको भीड लाग्न थालेको छ । थप पढ्नुहोस्

सुपथ पसलमा मूल्य घटाएर चिनी बिक्री

धनगढी । दशैं तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो । थप पढ्नुहोस्

हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णोद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन क्षमतामा कमी आएको छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार गर्न लागिएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि, मूल्य घटाउने तथा प्रविधियुक्त उपकरण जडान गर्न लागेको सिंहले बताए । थप पढ्नुहोस्

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

लन्डन । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताए । उनले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए । थप पढ्नुहोस्
1 2 3 14