युवा उद्यमीलाई सुर्वण अवसर

काठमाडौं । विश्वभरका युवा उद्यमीहरुको फ्रान्सको पेरिसमा भेला हुने भएका छन् । डिसेम्बर २ देखि ६ सम्म हुने भेलामा विश्वका सयभन्दा बढी युवा उद्यमीको सहभागिता रहनेछ । नेपालका युवा उद्यमीहरु पनि यो भेलामा सहभागी हुन सक्नेछन् । भेलामा सहभागिमध्ये उत्कृष्ट परियोजना प्रस्तुत गर्ने युवा उद्यमीलाई सहयोग रकमसमेत जुट्ने बताईएको छ । युथ ग्लोबल फोरम नाम दिईएको उक्त भेलामा २० देखि ३५ वर्षसम्मका युवाले आवदेन दिन सक्नेछन् । आवदेन छनोट हुनेले पेरिसमा हुने कार्यक्रमको सहभागि बन्ने मौका पाउनेछ । विस्तृत जानकारीका लागि तलको लिंकमा क्लीक गरेर हेर्न सकिनेछ । थप पढ्नुहोस्

भृकुटीमण्डपमा खाना तथा सत्कार सम्बन्धी प्रदर्शनी हुने

काठमाडौं । आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको  भएको छ । हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’ नाम दिइएको सो प्रदर्शनी हुन लागेको हो । होटल तथा रेष्टुराँ व्यवसायी, सुपर मार्केट, क्लब तथा बारका सञ्चालक, सेफले कार्यक्रमस्थलमा दर्शकको चाहनाअनुसारको खाने कुरा उत्पादन गरी सेवा दिने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक वीरेन्द्र राजभण्डारीले उक्त कार्यक्रममा एक हजार ८२० वर्ग मिटरमा विभिन्न २०० कम्पनीले पाँच हजार जति सामग्री तथा सेवा उपलब्ध गराइने जानकारी दिए । थप पढ्नुहोस्

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ हुँदै, तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जेम फ्लोरिगंको प्रस्तुतीमा फर्निचर तथा फर्निसिङ एक्स्पो’फर्नेक्स २०१८’ को तयारी अन्तिम अवस्थामा पुगेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनगरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु रहने जानकारी दिएको हो । एक्सपोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । थप पढ्नुहोस्

प्रत्येक बर्ष ठूला सवारीसाधनको कारोवारमा वृद्धि

काठमाडौं । मुलुकमा विभिन्न प्रकारका सवारीसाधन 'अटो मोबाइल्स' करीब रु पाँच खर्ब बराबरको कारोवार हुने गरेको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले भोलीदेखि शुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’ का बारेमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे, ठूला सवारीसाधनको कारोवारमा वृद्धि हुँदै गएको जनाएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गरिने भएको छ । थप पढ्नुहोस्

भृकुटीमण्डपमा भोलीदेखि १७ औं बृहत् तीज व्यापार मेला सञ्चालन हुने

काठमाडौं । १७ औं बृहत् तीज व्यापार मेला ‘हामी सबै सिर्जनशील महिलाको एउटै नारा, सीप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा’ भन्ने नाराका साथ सञ्चालन हुने भएको छ । महिला सिर्जनशील केन्द्र 'वुमन्स क्रियसन' ले आयोजना गर्ने उक्त ‘बृहत् तीज व्यापार मेला’ भदौ ७ गतेदेखि १० गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा चल्नेछ । मेलामा लत्ताकपडा, शृंगार सामग्री, होम अप्लाइन्सेस, एसेसरिज, ब्याग तथा फुटवेयर, खानपान, भाँडाकुँडा आदि विविध सामग्रीका २ सयभन्दा बढी स्टल रहने बताइएको छ । थप पढ्नुहोस्

अन्तर्राष्ट्रियस्तरमा चिनाउन ३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौंको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । ३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए । उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ । थप पढ्नुहोस्

बंगलादेशी वरिष्ठ फोटोपत्रकारको रिहाइका लागि नेपालमा प्रदर्शन

काठमाडौं । बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी प्रहरीबाट पक्राउ गरिएका वरिष्ठ फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमलाको सिघ्र रिहाइका लागि दबाब काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । नेपाल फोटो पत्रकार महासंघलगायत अन्य संघसंस्थाहरूको संयुक्त बसुन्धारास्थित बंगलादेश दूतावास अगाडि विरोध कार्यक्रम आयोजना गरिएको हो । करिब ५० जना फोटो पत्रकारले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । थप पढ्नुहोस्

बृहत् तीज व्यापार मेला भदौमा

काठमाडौं । महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताए । व्यापार मेला आगामी भदौ ७ देखि १० गतेसम्म स्थानीय भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ ।  मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीसहितका करीब २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने बताइएको छ । थप पढ्नुहोस्

उत्रियो बलात्कारविरुद्ध राप्रपाको महिला संगठन सडकमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले बलात्कार, हत्या, हिंसा, सामाजिक अपराध, दण्डहिनताविरुद्ध प्रदर्शन गरेको छ। मंगलबार राप्रपाको महिला संगठनले बबरबहलमा प्रदर्शन गरेको हो। र्‍यालीको नेतृत्व महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले गरेकी थिइन् । थप पढ्नुहोस्

के एलस्मार्ट मोबाइल मेला, अफर माथि अफरमा मोबाईल किन्नेको भिड

काठमाडौं । काठमाडौंको चाबहिल स्थित केएल मोबाइलहबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ । जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सुरु भएको हो । मेला सुरु भएलगत्तै मोबाइलहबमा विभिन्न अफरमा सहभागि हुँदै मोबाइल किन्नेको भिड लागेको छ । चाबहिलको के एल टावरमा रहेको के एलमोबाइलहबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवा ग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेकोे हो । थप पढ्नुहोस्
1 2 3 6