fbpx

अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

भक्तपुर । चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ । काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ । फेस्टिभलमा प्रत्येक दिन बिहान ११ र दिउँसो १ बजे विद्यार्थीलाई तथा साँझ ५ बजे वयष्कलाई लक्षित गरेर नाटक प्रदर्शन गरिने बताइएको छ । थप पढ्नुहोस्

सातदिने श्रीलंकाली खाना महोत्सव हुँदै

काठमाडौँ । काठमाडौँमा जेठ ११ देखि १९ गतेसम्म स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस पेरेराले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनस्तरको सम्बन्ध शताब्दीऔँ पुरातन रहेको बताए । महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइने छ । थप पढ्नुहोस्

नेपालमा ताइवानको उत्पादन प्रवद्र्धन गर्न व्यवसायी उत्साहित

काठमाडौँ । नेपालमा ताइवानको उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न त्यहाँका व्यवसायी उत्साहित भएका छन् । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच भएको अन्तक्र्रियामा ताइवानी व्यवसायीले आफ्नो उत्पादन प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् । ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायर सम्मिलित सो प्रतिनिधिमण्डलले नेपाली व्यवसायीसँग व्यापारिक सम्भावनाबारे छलफल गरेको नेपालका लागि सम्पर्क प्रतिनिधि दर्शन न्यौपानेले जानकारी दिए । थप पढ्नुहोस्

चैत ३० देखि वैशाख ३ सम्म पुष्प मेला हुने

२८ चैत, काठमाडौं । पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म पुष्प प्रदर्शनी २०१८ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा मेला हुन लागेको जनाएको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन् । मेलामा फूलका ८२ कक्ष रहने छन् । थप पढ्नुहोस्

धादिङबेसी र धनकुटामा व्यापार तथा कृषि महोत्सव हुने, हेलिकप्टरबाट गणेशहिमाल लगायतका हिमश्रिङखला हेर्न पाइने

१० फागुन, काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ । ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य रहेको छ । थप पढ्नुहोस्

नेपाली चिनियाँ चित्रकला प्रदर्शनी हुने

१८ माघ, काठमाडौं । नेपाल कला परिषद् र नेपाल चीन ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाको आयोजनामा शनिबार परिषद्, बबरमहलमा समसामयिक नेपाली चित्रकला र चिनियाँ लाक्वेर(रोगन) चित्रकला प्रदर्शनी हुने भएको छ । न्यू आर्ट सर्कल सहप्रायोजक रहने सो प्रदर्शनीमा नेपालका शङ्करनाथ रिमाल, नरेशसुन्दर सैँजू, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, शान्तकुमार राई, किरण मानन्धर र कृष्ण मानन्धर तथा चीनका ३५ कलाकार सहभागी हुनेछन् । थप पढ्नुहोस्

चोरिएर डेनमार्कको संग्रहालयमा पुगेका मूर्तिको तस्बिर प्रदर्शनी शुरु

७ माघ, काठमाडौं । नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको आरपी फाउण्डेसनका निर्देशक एवं सम्पदाकर्मी रवीन्द्र पुरीले बताए । थप पढ्नुहोस्

२५ हजार दर्शकले अवलोकन गरेको मेलामा एकैदिन ४ करोडको कारोबार

२ माघ, काठमाडौं । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उनले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गरे । संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताए । थप पढ्नुहोस्

प्रज्ञा प्रतिष्ठानमा पुस्तक र चित्र’ को प्रदर्शनी शुरु

२५ पुस, काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९६ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘पुस्तक र चित्र’ को प्रदर्शनी आजदेखि शुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसरमा शुरु गरेको सो प्रदर्शनी आगामी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । प्रदर्शनीमा विभिन्न कलाकारले सिर्जना गरेका २७ चित्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न शीर्षक र विधाका करिब ४०० कृति राखिएको छ । थप पढ्नुहोस्

कोरियामा नेपाल प्रवद्र्धन

१७ कात्तिक, काठमाडौं । नेपालमा कोरियाली पर्यटकको आगमनमा वृद्धि तथा लगानी आकर्षण गर्ने उद्देश्यले दक्षिण कोरियाको सिओलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । नेपालस्थित कोरियाली दूतावास, नेपाली दूतावास कोरिया तथा नेपाल कोरिया चेम्बर अफ कमर्सलगायत संस्थाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहकार्यमा आज सिओलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको हानले प्र्रेस विज्ञप्तिमार्फत जनाएको छ । थप पढ्नुहोस्
1 4 5 6 7