सुनको मूल्य ६ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज रु ९०० ले बढेर रु ५८ हजारमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज रु २० ले बढेर रु ७२० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ४९ हजार ९८५ कायम गरेको छ । थप पढ्नुहोस्

सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँ

काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । थप पढ्नुहोस्

आज सुन तोलाको ६० हजारमा कारोबार

काठमाडौं । पछिल्लो २ दिन सुनचाँदीको मुल्य बजारमा यथावत रहेको छ । शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, आइतबार पनि बजारमा चाँदी प्रतितोला मूल्य यथावत रहेको छ । प्रतितोला चाँदी ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ । थप पढ्नुहोस्

आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा आज सुनको भाउ १ सय रुपैयाँले घटेको हो। बुधबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । थप पढ्नुहोस्

सुनको भाउ ६ वर्ष यताकै महंगो ! तोलाको ६० हजार ४ सय रुपैयाँ

काठमाडौं । दशैं सकिए लगतै सुनको भाउ ६ बर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे पछि सुनको झण्डै ५ हजार रुपैयाँले बढ्यो । गएको वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । गएको साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । थप पढ्नुहोस्

सुनको मुल्य ५९ हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । नेपालीहरुको महान दशैं नजिकिएसंगै विवाहको सिजन सुरु भएकाले सुनको मुल्य बढ्दै गएको छ । आज बजारमा सुनको मूल्य तोलामा ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घढेको हो । अघिल्लो दिन ६० हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँ कायम भएको छ । थप पढ्नुहोस्

सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं । सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो । त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । थप पढ्नुहोस्

दिपा र रश्मिलाद्वारा हिरण्य ज्वेलर्सको उद्घाटन

काठमाडौं । चर्चित अभिनेत्री निर्देशक दिपा श्री निरौला तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा आज बानेश्वर शंखमुलमा अबस्थित हिरण्य ज्वेलर्सको रिबन काटेर समुद्घाटन गरेका छन् । उक्त अबसरमा युवा समाजसेवी प्रकाश कुमार श्रेष्ठ, समाजसेवी बबिता रोक्का लगायतका समाजका बरिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । थप पढ्नुहोस्

सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

दाङ । चाडपर्व नजिकिँदै गर्दा बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा वृद्धि भएको तुलसीपुर बजारमा व्यापार गदै आएका व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढेको छ । थप पढ्नुहोस्

सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ९ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेको तथा डलर महंगो र भारतीय मुद्रा कमजोर भएका कारण सुनचाँदीको भाउ महंगो भएको महासंघले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 4