‘हाइलाइफ’ चप्पल उद्योगमा श्रम शोषण, होटल एशिया टिकको सेवा शुल्क मालिकलाई !

काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम शोषण गर्दै आएको अनुगमनका क्रममा फेला परेको हो । उद्योगमा अनुगमन टोली आउने सूचना प्राप्त भएपछि उद्योगका व्यवस्थापक कौशल मण्डलले श्रमिकलाई एउटा कोठामा थुनेर राखेको थिए । थप पढ्नुहोस्

नगरपालिकाले सार्वजनिक जग्गामा होटल बनाउन सिफारिश गरेपछि विवाद चुलियो

काठमाडौं । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको ५ कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको छ । थप पढ्नुहोस्

करिब १४ अर्ब लागतमा थानकोट, भक्तपुर र पोखरामा तारे होटल बनाउन लगानी बोर्डबाट स्वीकृत

काठमाडौं । सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको हिजोको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ । थप पढ्नुहोस्

राजमार्गका होटेल व्यवसायी त्राहीमाम्, प्रहरी प्रशासनले थाल्यो कार्बाही !

काठमाडौं । विभिन्न राजमार्गमा यात्रुले होटेलमा राम्रो खाना खान नपाएको भन्ने गुनासोमा प्रहरी प्रशासनले कार्बाही थाल्ने भएको छ । बिशेष गरी बुटवल, नारायणघाट राजमार्गका होटलमा खाना र नास्ता खाए बाफत बढि मुल्य तिर्नु परेको र खाना नि राम्रो नहुने भन्ने बारे प्रधानमन्त्री कार्यालयको गुनासो व्यस्थापन शाखामा उजुरी तथा गुनासा परेपछि गृहमन्त्रालयले राजमार्ग मातहतका प्रहरी प्रशासनलाई कार्बाही थाल्न तथा अनुगमन गर्न निर्देशन दिएको छ । थप पढ्नुहोस्

पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुल्ने

काठमाडौँ  । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो । थप पढ्नुहोस्

मःमः बेचेर मासिक ३० हजार बचत, दैनिक १२ जनालाई रोजगारी

काठमाडौं । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन् । रिजालले दुई वर्षदेखि मःमः त्यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन् । मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण हुन पुगे । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । थप पढ्नुहोस्

फेवाताल अतिक्रमण भए/नभएको प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले आज सो रिसोर्टका व्यवसायी कर्ण शाक्यलाई उक्त रिसोर्टको निर्माण गर्दा फेवाताल किनारबाट ६५ मिटरभित्र पर्छ वा पर्दैन भन्ने विषय जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश दिएका हो । थप पढ्नुहोस्

होटललाई सफा राख्न अनुगमन टोलीको सुझाव

३० चैत, काठमाडौं । दाङ जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन भएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिए । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो । “होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भने । त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । थप पढ्नुहोस्

पुनर्वास नगरपालिकामा करोड लगानीमा होटल सञ्चालन

१५ चैत, काठमाडौं । सन् १९९९ मा भारतको कस्मीरमा भारत–पाकिस्तान युद्ध हुँदा भारतीय गोर्खा सेनामा कार्यरत सञ्जु गुरुङ गोली लागेर घाइते भइन् । युद्धमा पेटमा दुईवटा गोली लागेर घाइते भएका गुरुङलाई निको हुन तीन महिना लाग्यो । अठार वर्ष भारतीय गोर्खा राइफलमा जागिर गरेर गुरुङ नेपाल फर्किइन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ त्रिभुवनबस्तीका ४८ वर्षीय गुरुङले पाँच वर्षयता आफ्नै गाउँमा रु एक करोडभन्दा बढीको लगानी गरेर होटल सञ्चालन गरिरहेकी छिन् । “घाइते भएर अस्वस्थ्य भएपछि भारत सरकारको सहयोगमा छ महिना उत्तराखण्डको देखरादुनमा होटल व्यवस्थापनको तालीम गरेँ । थप पढ्नुहोस्

होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा विशेष छुट

१९ माघ, काठमाडौं । हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ । हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए । उनले भने, “प्रदेशको राजधानी हेटौंँडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् । थप पढ्नुहोस्
1 2