जलविद्युत आयोजनाविरुद्ध नगर प्रमुखले थापे खोचे

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमफुञ्जो शेर्पा उत्रिएका छन् । निर्माणधीन आयोजना निर्माणका लागि आवश्यक मध्यस्तताको भूमीका खेल्नुपर्ने प्रमुख आफैँले स्थानीय वासीन्दालाई समेत आयोजनाविरुद्ध उक्साउन थालेको समाचार स्रोतको दावी छ । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि विवाद अझै चर्किएको छ । थप पढ्नुहोस्

माथिल्लो अरुणको निर्माण प्रक्रिया शुरु

रमेश लम्साल काठमाडौं । सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको कूल २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना सार्वजनिक गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्नेछन् । थप पढ्नुहोस्

गड्यौली टारमा दुई वर्षभित्र विद्युत् : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग गर्न पाउने बताए । थप पढ्नुहोस्

तिहारको समयमा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौं । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । थप पढ्नुहोस्

साठी करोड बढीको झिलिमिली बत्ती

चितवन । दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत् व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलका अनुसार विभिन्न खालका झाल्लर, डिस्को बल्ब, बत्ती बल्ने फोटो फ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रङ्गीन ट्युबलाइटलगायतका दीपावली सामग्री नेपाल भित्र्याइएका हुन् । थप पढ्नुहोस्

मेलम्चीको पानी ६० दिनभित्र काठमाडौंमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए । ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ ।’’ उनले भने, ‘‘पहिले दैनिक एक सय मिटर क्षेत्रमा काम भइरहेकामा अहिले दैनिक झण्डै तीन सय मिटरसरम्म काम भइरहेको छ । चाँडो काम सक्ने लक्ष्यका साथ सामग्री र कामदार दुवै बढाइएको छ । थप पढ्नुहोस्

रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

काठमाडौं । रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ । स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल रु एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले रु एक अर्ब २६ करोड ३१ लाख पाँच हजार बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । थप पढ्नुहोस्

खोला र खोल्सीमा बग्ने पानीबाट मनग्य आम्दानी !

रामहरि न्यौपाने/रासस बेत्रावती । लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएका विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीबाट पनि मनग्य आम्दानी हुन थालेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा समुदायको लगानीमा स्थापित स्याउरेभूमे लघु जलविद्युत् आयोजना विसं २०६० देखि निरन्तर दश वर्ष जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाका लागि उज्यालो दिने एक मात्र सहारा बनेको थियो । तर जब विसं २०७० मा केन्द्रीय प्रसारण लाइन गाउँबस्तीसम्म पुग्यो अनि स्याउरेभूमे जस्तै ससाना लगानीमा बनेका सबै आयोजना बन्द हुनपुगे । थप पढ्नुहोस्

तिहारका दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने, जताततै झिलिमिली !

विद्युत प्राधिकरणका २ हजार कर्मचारी स्ट्यान्डबाई   काठमाडौं । यस बर्षको तिहार अन्य बर्षको तिहार भन्दा फरक हुने भएको छ । तिहारका दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने र सर्वसाधारणले दिपावली सहज रुपमा मनाउन सक्ने सक्ने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै निर्देशक घिसिङले भने, ‘गत बर्षभन्दा धेरै सहज भएको छ । कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन । थप पढ्नुहोस्

चार महीनापछि माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर 'आइपीओ' बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । थप पढ्नुहोस्
1 2 3 15