fbpx

मेलम्ची आयोजनामा पुरानै ठेकेदार कम्पनी फर्काउन पहल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले पहल शुरु गरेका छन् । मेलम्ची खानेपानी विकास समितिले गत महीना ठेक्का सम्झौता तोडे पनि मन्त्री मगरले पुरानै कम्पनीमार्फत काम सक्न पहल गरेका हुन् । नयाँ ठेक्का सम्झौतामार्फत काम गर्दा समय र लागत दुवै बढ्ने भन्दै उनले ठेकेदार कम्पनीलाई नै फर्काउन वार्ता टोली सिङ्गापुर पठाएका थिए । थप पढ्नुहोस्

नेपाल-भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

रमेश लम्साल काठमाडौं । भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय पक्षले सो आग्रह गरेको हो । थप पढ्नुहोस्

म्याग्दीमा हिमपातका कारण विद्युत् र सञ्चार सेवा बन्द

म्याग्दी । हिमपातका कारण विद्युत् प्रसारण तथा वितरण लाइनमा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिजुली र टेलिफोन अवरुद्ध भएको छ। हिमपातले गाउँपालिकामा जोडिएको केन्द्रीय प्रसारण लाइन र स्थानीय तातोपानी साना जलविद्युत् आयोजनाको विद्युत लाइनमा क्षति पुर्‍याएको छ। गाउँपालिकाका विभिन्न स्थानमा हिउँ जमेर विद्युतका पोल, ट्रान्समिटर पल्टिनुका साथै तार समेत चुँडिएका कारण गाउँपालिकाको प्रायस् सबैजसो बस्तीमा विद्युत् सेवा अवरुद्ध बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए । थप पढ्नुहोस्

मध्यमोदी आयोजनाको काम पुनःसञ्चालन

पर्वत । पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए । मोदी गाउँपालिका २ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोसित भएका छन् । थप पढ्नुहोस्

किन नेपाल विद्युत् प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा आर्थिक वर्ष २०६७र६८ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण समेटेको छ । आयोगले जलविद्युत् आयोजना, प्रसारण लाइन निर्माणका लागि रु. ३८ अर्ब ४३ करोड बराबरका कूल ९१ वटा ठेक्का सम्झौतामध्ये ४९.४५ प्रतिशत ठेक्काको म्याद थप नभएको र उक्त ठेक्का सम्झौतासमेत सम्पन्न नभएको जनाएको छ । थप पढ्नुहोस्

स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

पर्वत । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका २ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् । मोदी गाँपालिका २ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । थप पढ्नुहोस्

विद्युत चुहावट गर्ने ४१ जना पक्राउ

वीरगञ्ज । बारा जिल्लाबाट विद्युत चुहावट गर्ने ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाको सँयुक्त टोलीले विद्युत चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । टोलीले जिल्लाको प्रष्टोका, हरपुर, ईनर्वा्सिरा, बसडिलवा लगायतका गाउबाट हुकिङ्ग गरी विद्युत चोरी गरिरहेको ४१ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि विद्युत प्राधिकरण कलैया शाखाको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । थप पढ्नुहोस्

रोल्पाको शहीदगाउँ अँध्यारोमुक्त घोषणा

रोल्पा । शहीद गाउँको नामले चिनिने रोल्पाको जेल्वाङ उज्यालोयुक्त गाउँ घोषणा भएको छ । सुनछहरी गाउँपालिका ७ मा पर्ने सो गाउँमा रहेका सबै घरधुरीमा लघुजलविद्युत्को सेवा विस्तार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँ आयोजित कार्यक्रममा सो गाउँलाई अँध्यारोमुक्त घोषणा गरेका हुन् । माओवादी सशस्त्र युद्धताका विद्रोही र राज्य पक्षबाट सबभन्दा बढी नागरिकको मृत्यु भएको गाउँको रूपमा जेल्वाङलाई लिने गरिन्छ । सो अवधिमा गाउँका ७३ ले ज्यान गुमाएका थिए । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढेन

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५/१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । थप पढ्नुहोस्

‘चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, जलविद्युत आयोजनालाई खै ?’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लगानीमैत्री वातवरण बनाउन नीतिगत तथा कानुनमा समय सापेक्ष सुधार आवश्यक रहेको बताएका छन्। राजधानीमा आजबाट सुरु भएको दोश्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकार, नीजिक्षेत्र तथा विदेशी लगानीकर्ताहरु जलविद्य‌ुत आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित वातावरण बनाउन आवश्यक रहेको बताए । ‘हामी विजुलीमा आत्मनिर्भर छैनौं।अर्बौ रुपैयाँको विजुली आयात गरीरहेका छौं । सबैभन्दा पहिले हामी उर्जामा आत्मनिर्भर हुनुपर्छ । थप पढ्नुहोस्
1 2 3 4 20