नेपाल राष्ट्र बैँकको भवन निर्माण शुरु, पुनःनिर्माणमा ढिलाई नगर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ कार्यालय निर्माण शुरु भएको छ । थापाथली परिसरमा भूकम्पबाट क्षतिग्रस्त भवनलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । विसं २०७२ वैशाखमा गएको गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनलाई क्षतिग्रस्त बनाएको थियो । बैंकको थापाथलीमा ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ । उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ । थप पढ्नुहोस्

निर्माण व्यवसायी महासङ्घमा सिंह पक्षको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घको आसन्न ११ औंँ अधिवेशनमा निर्माण व्यवसायी रवि सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित एक साक्षात्कारमा उनले निर्माण व्यवसायीको हक हितका साथै गुणस्तरीय सेवा र यस सेवामा देखिएका कमी कमजोरीलाई सच्याउनेतर्फ आफनो ध्यान केन्द्रित हुने बताए । यसैगरी सिंहकै नेतृत्वमा महासङ्घका वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे र महासचिवमा हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । थप पढ्नुहोस्

करिब १४ अर्ब लागतमा थानकोट, भक्तपुर र पोखरामा तारे होटल बनाउन लगानी बोर्डबाट स्वीकृत

काठमाडौं । सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको हिजोको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ । थप पढ्नुहोस्

पुनःनिर्माणका लागि थप छ खर्ब बजेट आवश्यक : ज्ञवाली

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्दै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६ अर्ब खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताए । प्राधिकरणले पुनःनिर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । थप पढ्नुहोस्

नेपाल-भारत सीमा समस्या समाधानका लागी अर्को साता बैठक बस्दै

काठमाडौं । नेपाल-भारत सीमा समस्या समाधानका लागि गठित कार्यदल बाउन्ड्री वर्किङ ग्रुपको बैठक अर्को हप्ता हुने भएको छ । सीमा समस्या समाधानका लागि नेपाल-भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा गठित कार्यदलको बैठक काठमाडौंमा बस्न लागेको हो । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो । थप पढ्नुहोस्

काठमाडौंमा मोनोरेल बनाउन १ खर्ब १६ अर्ब लाग्ने

काठमाडौं । काठमाडौंमा मोनोरेल परियोजनाका लागि बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सिआरसिसीले २७ दशमलव ५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि १ खर्ब बढी लाग्ने ठहर गरेको हो । सभ्भाव्यत्ता अध्ययन प्रतिवेदन अनुसार काठमाडौंमा मोनोरेल निर्माणका लागि प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भव देखिएको छ । कुनै अवरोध नआए ३ वर्षभित्र मोनोरेल निर्माण गर्न सकिने चिनियाँ पक्षको भनाई छ । थप पढ्नुहोस्

प्रहरी चौकी निर्माणका लागि १ अर्ब १३ करोड

काठमाडौं । प्रदेश नं ३ ले रु १ अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ । सङ्घीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको जानकारी दिए । थप पढ्नुहोस्

भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाको नब्बे प्रतिशत काम सम्पन्न

चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताए। क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेको छ । थप पढ्नुहोस्

कार्यक्षेत्र नबस्ने पुनःनिर्माणका प्राविधिक कारवाहीमा

पूर्णप्रसाद न्यौपाने /रासस ओखलढुङ्गा । पुनःनिर्माणमा खटिएर कार्यक्षेत्रमा नबस्ने जिल्लाका प्राविधिक कारवाहीमा परेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोग गर्न खटिएका कतिपय प्राविधिक गाउँमा नबसेको गुनासो आएपछि पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले कारवाही शुरु गरिएको हो । यो साता कार्यक्षेत्रमा नबस्ने प्राविधिक पहिचान गरेर स्पष्टिकरण सोधिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इञ्जिनियर पीताम्बर पुनले बताए । थप पढ्नुहोस्

सिईओ ज्ञवाली पुनर्निर्माणको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा

काठमाडौं । रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको पछिल्लो अवस्थाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबार स्थलगत निरीक्षण गरेका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणलाई अगाडि बढाउन भदौ १७ गते विज्ञहरु एवं काठमाडौं महानगरपालिकाका मेयरसँग समेत छलफल गरेका थिए । भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको उनले बताएका छन् । थप पढ्नुहोस्
1 2 3 24