fbpx

आजबाट बजारमा ग्यास सहज रुपमा पाइने, निगम र ग्यास उद्योगीबीच समझदारी

काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण पुनः सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच आज भएको समझदारीअनुसार ग्यास उद्यमी-व्यवसायीले हिजोबाट नै आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो । सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा आज निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो । थप पढ्नुहोस्

प्रेम दिवसमा जोडीहरुका लागि आउँदै छ, विदेशबाट गुलाफ

काठमाडौं । विगतका वर्षमा झैँ यस वर्षको प्रणय दिवसका लागि रु १ करोड ५० लाख मूल्यको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु १ करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये १ लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ । थप पढ्नुहोस्

दुईतिहाईको बामपन्थी सरकारमा मदिराको आयात पनि दुई तिहाईले बृद्धि

काठमाडौं । दुई तिहाईको सरकार बनेपछि हरेक क्षेत्रमा नकारात्मक लक्षणहरु देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो मदिराजन्य वस्तुहरुको आयातमा भएको भारी बृद्धि । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नै मदिराजन्य पदार्थको आयात रु. १ अर्ब ४६ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा सोही अवधिको प्रथम पाँच महिनाको तुलनामा करिब ६३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा करिब रु. ८९ करोडको मात्र मदिराजन्य पदार्थ आयात भएको थियो । थप पढ्नुहोस्

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना

रमेश गिरी भक्तपुर । काठमाडौं कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । थप पढ्नुहोस्

मुलुकको अर्थतन्त्र चौपट : व्यापारघाटामा तयारी पोशाकको योगदान १२ अर्ब

काठमाडौं । ने क पाको दुई तिहाई सरकार बढीभन्दा बढी आयातमुखी हुदैजादाँ राजश्व संकलन त बढेको देखिएको छ तर देशको शोधानान्तर घाटा र चालुखातामा लगातारको बृद्धिले मुलुकको अर्थतन्त्र चौपट हुन थालेको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुदाँ लगानीयोग्य पुँजीमा संकुचन आउन थालेको छ । जसका कारण स्वदेशमै उधोग / कलकारखाना खोलेर रोजगारी सिर्जना गर्ने तथा आयातलाई प्रतिस्थापन गर्नेतर्फ सरकार संचालकहरुको ध्यान जान सकेको छैन् । यसबाट देश विदेशी उत्पादनमा परनिर्भर हुनेक्रम जारी रहेको छ । यसको पछिल्लो कडीका रुपमा तयारी पोशाक क्षेत्र पनि देखिएको छ । थप पढ्नुहोस्

पेट्रोल र डिजेलको मूल्य घट्यो, निगमलाई ३ अर्ब घाटा !

काठमाडौँ । सरकारले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको मंगलबार बेलूकी बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन आईओसीले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उनले बताए । थप पढ्नुहोस्

भृकुटीमण्डपको बजार हटाएर स्थायी कक्ष बनाइने !

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष सेमि–परमानेन्ट स्टल राख्ने बताए । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताए । निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उनको भनाइ रहेको थियो । थप पढ्नुहोस्

कालीमाटी : आजको बजार मुल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको दैनिक थोक मुल्य विविरण अनुसार सोमबार तरकारीको मुल्य केही समायोजन गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अध्यक्ष तेज बहादुर सुवेदीका अनुसार रातो मुला, काउली, गोलभेँडा प्रति किलो २० रुपैँया तोकिएको छ । दैनिक जसो कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको भाउ घटबढ भैइरहन्छ । आजको बजार भाउ यस प्रकार रहेको छ । थप पढ्नुहोस्

पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु

सप्तरी । राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गरेको गोकर्ण मेघा स्टोरले एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ । संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज नगरका ग्राहकले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल र बिक्री गर्न सक्नेछन् । सञ्चालक केशव कर्णले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने बताए । थप पढ्नुहोस्

चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढ्यो

सोलुखुम्बु । चिसो बढेसँगै सोलुखुम्बु जिल्लामा न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढ्न थालेपछि न्यानो कपडाको माग बढेको स्थानिय व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङमाङले बताए । “ज्याकेटको माग अत्यधिक आएको छ,” उनले भने, “हामीलाई भ्याइनभ्याई छ ।” माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । थप पढ्नुहोस्
1 2 3 11