fbpx

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा साझाले थप २० बस ल्याउँदै

काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार यी बसका मार्ग अनुमति 'रुट परमिट' लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । यी बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाएको उनले बताए । थप पढ्नुहोस्

रुपगाड पुल बाढीले बगाउँदा दुनै आउने बाटो अवरुद्ध

जाजरकोट । भारी वर्षाका कारण डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ । पुल बगाएपछि जाजरकोट–डोल्पा सडकखण्डभित्र आवतजावत अवरुद्ध भएको छ । जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै तल्लो डोल्पाबाट दुनै आउने बाटो अवरुद्ध भएको बताइएको छ । एक महीनाअघि मात्र निर्माण गरिएको पुल बाढीले बगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु अलपत्र परेका छन् । बाढीले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीय वीर्खबहादुर रोकायले जानकारी दिए । थप पढ्नुहोस्

प्रस्तावित काठमाडौं केरुङ रेलमार्ग : वार्ता प्राविधिक विषयमै सीमित !

  काठमाडौं । नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्नका लागि प्रस्तावित काठमाडौं केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनका 'डीपीआर' विषयमा दुई देशका अधिकारीहरूबीच बिहीवार छलफल भएको छ। पछिल्ला महिनामा रेल परियोजना र डीपीआरको लगानीबारे सार्वजनिक रूपमै विमर्श भइरहेका बेला चीनको राजधानी बेइजिङमा सम्पन्न भएको बैठकमा भने परियोजनाका आर्थिक पाटाबारे खासै कुराकानी भएको छैन । थप पढ्नुहोस्

लुक्ला विमानस्थल चार दिनदेखि बन्द, २०० यात्रु जना अलपत्र !

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित हुँदा करीब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् । थप पढ्नुहोस्

वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध !

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो । पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन सिनामसम्म मात्रै पुग्ने गरेका छन् भने यहाँबाट बाहिरिने सवारीसाधनसमेत सिनामबाटै चल्ने गरेका छन् । थप पढ्नुहोस्

शहर अस्तव्यस्त भएपछि ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु गरेको छ । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले आज असार एक गतेबाट न्यूरोडमा स्मार्ट पार्किङ सुरु गरेको हो । केही दिनअघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आज बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्  । थप पढ्नुहोस्

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो ।नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो । थप पढ्नुहोस्

नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक

बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय राजमार्ग बाहेकका नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइएको जनाएको हो । थप पढ्नुहोस्

आइतबारदेखि काठमाडौं उपत्यका भित्र रात्रीकालिन बससेवा

काठमाडौं। यातायात व्यवस्था विभागले विभिन्न यातायात कम्पनीसँग मिलेर काठमाडौं महानगरमा रात्रीकालिन बस सेवा संचालन गर्ने भएको छ। आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा राती ९ बजेदेखि रात्रीकालिन बससेवा संचालन हुने विभागले जनाएको छ।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए। अहिले ८ बजेसम्म सार्वजनिक यातायात संचालन हुनेछ। महानगरमा रात्रिकालिन सार्वजनिक यातायात संचालन नहुँदा महानगरवासी समस्यामा पर्दै आएका थिए । थप पढ्नुहोस्

ओली सरकारको वैज्ञानिक गाडीभाडा बढाउने निर्णय फिर्ता [कारण यस्तो छ]

काठमाडौं । ओली सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देशक प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’ विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । थप पढ्नुहोस्
1 2 3 60