fbpx

भोलि पशुपतिनाथ एरियामा सवारी साधनलाई प्रवेश निषेध, यस्तो छ रुट व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरिक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका सवारी साधनलाई प्रवेश निषेध गरेको छ । थप पढ्नुहोस्

वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्ग चौडा बनाउने

प्रकाश डोटेल स्याङ्जा । वालिङ नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्ग र नगरका अन्य ग्रामीण सडकलाई चौडा बनाउन शुरु गरेको छ । नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी गरेको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सडक विभागको डोजरको सहायता, नगरपालिकाको इन्धन र अन्य टिपरको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको भाग करिब १२ किलोमिटर चौडा गरिसकेको छ । थप पढ्नुहोस्

हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालन

हुम्ला । हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो । आज निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताए । थप पढ्नुहोस्

आज यती र तारा एयरलाइन्सका सबै उडान बन्द

काठमाडौं । शुक्रबार आज यती एयरलाइन्स तथा यतीकै सहायक कम्पनी तारा एयरलाइन्सले आफ्ना सबै उडान बन्द गर्ने भएका छन् । एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा निधन भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो । साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ । थप पढ्नुहोस्

भारत–पाकिस्तान तनाव बढ्दै, नेपालको उडान प्रभावित

काठमाडौं । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो । यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो । थप पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्र फेरिँदै

काठमाडौं । बर्सातको समय शुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ? मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए । धावनमार्गमा समस्या आयो भने नेपाल आइरहेका जहाजलाई कता ‘डाइभर्ट गर्ने’ र आन्तरिक उडानका जहाजलाई कता अवतरण गराउने भन्ने चिन्तामा हुन्थे विमानस्थलका कर्मचारी । थप पढ्नुहोस्

ढोरपाटनमा यातायात अवरुद्ध

बलेवा । नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका ९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिए । बूर्तिवाङदेखि फलियाघरसम्म यातायातका साधन पुग्ने गरे पनि त्यसमाथि हिउँका कारण जान सकेका छैनन । थप पढ्नुहोस्

५ नम्बर प्रदेशमा सडक सुरक्षा सुझाव समिति गठन

बुटवल । ५ नम्बर प्रदेश सरकारले सडक सुरक्षा सुझाव समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिले सडकको सुरक्षाका विषयमा अध्यायन, अनुसन्धानसहितको सुझाव प्रतिवेदन बुझाउने छ । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पुर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहनेछन् । थप पढ्नुहोस्

दुई चालक नराख्ने सवारी साधन कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो । थप पढ्नुहोस्

तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् पुल

काठमाडौं । ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत अहिले तुइन प्रयोगमा भएका ५२ स्थानमा झोलुङ्गे पुल नबन्ने भएको छ । यी स्थानमा तुइनबाट नजीकै झोलुङ्गे पुल वा सडक पुल भएको पाइएकाले झोलुङ्गे पुल निर्माणको योजना अघि नबढेको हो । कार्यक्रमअन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । पुल नबनेका ५२ स्थानमध्ये अधिकांश स्थानमा नजीकै अरू पुल भएकाले तुइनको प्रयोग बाध्यता नभएको पाइएको डिभिजनमा कार्यरत इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । थप पढ्नुहोस्
1 2 3 4 51