कलङ्की महाराजगञ्ज सडक कोटेश्वर सडकजस्तै हुने

ललितपुर । चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए । चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने भएको छ । “मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्र्याक हुनेछ ।” सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण शुरु गरेको छ । थप पढ्नुहोस्

९७ प्रतिशत सार्वजनिक गाडी अवैध,रुट परमिट खारेजीको तयारी

काठमाडौं । कम्पनीका रुपमा यातायात कम्पनीमा दर्ता गरी यातायात कार्यालयमा सूचिकृत नगर्ने गाडीको रुट परमिट खारेज हुने भएको छ । सूचिकृत गर्ने समय ३ दिन मात्रै बाँकी रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । पुष १ गतेबाट सूचिकृत नहुने सबै गाडीहरु अवैध हुने भएका छन् । पुष १ गतेदेखि समितिमार्फत सञ्चालन भएका सबै गाडीलाई सरकारले कब्जा गर्ने उपाध्यायले बताए । प्रक्रियामा नआउनेहरुलाई फेरि समय थप गर्ने भन्ने कुनै छलफल नभएको उनको भनाई छ । थप पढ्नुहोस्

कोटेश्वर-कलंकी विस्तारको काम सकिँदै, जाम कम गर्न अण्डर पास !

काठमाडौं । चिनियाँ ठेकेदारले आगामी शनिबारसम्म चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तारको काम सकिने बताएको छ । सडक विभागले ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको ठेकेदारले जानकारी दिएको हो । सडकको विस्तारको सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर चीनले चक्रपथ हस्तान्तरण र नेपाल सरकारले उद्घाटन कहिले गर्ने भन्ने कुरा अन्योल भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । थप पढ्नुहोस्

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

पुल जीर्ण हुँदा सयौँ पर्यटकलाई समेत सास्ती लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न झोलुङ्गे पुल जीर्ण हुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । पुल जीर्ण हुँदा अन्नपूर्ण पदमार्गमा दैनिक ओहोरदोहोर गर्ने सयौँ पर्यटकलाई समेत सास्ती हुने गरेको छ । उत्तरी लमजुङ हुँदै मनाङसम्म यात्रा गर्ने पदमार्ग बाटो पनि यहीँ पर्छ । समेटिएका तत्कालीन ७ गाविसको हवसमेत रहेको बजारमा दैनिक सयौँको आउजाउ हुन्छ । थप पढ्नुहोस्

गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयद्धारा भव्य स्वागत

बेझाड । पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी समितिमार्फत लु ५ अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए । गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले बताए । पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन् । थप पढ्नुहोस्

हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती

भीमदत्तनगर । कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ । निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम पनि सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीले निर्माण कम्पनीको लापरवाहीका साथै कतिपय स्थानमा मुआब्जा तथा सरकारी प्रक्रियाले दू्रतगतिमा काम नभएको जनाएको छ । थप पढ्नुहोस्

प्रदेश नं १ : बिहान र बेलुका टिपर चलाउन रोक

उर्लाबारी । प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई-दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । थप पढ्नुहोस्

जिपमा सिमित सिट : यात्रु महङ्गो भाडा तिर्न बाध्य !

बैतडी । बैतडी जिल्लामा ट्राफिक प्रहरीले जिपबाट सिट हटाएपछि यात्रुलाई सास्ती भएको छ। ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्। सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो। बसपार्कबाटै जिप नचढे यात्रा गर्नै सकिन्न यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ । थप पढ्नुहोस्

पैयाखोरदेखि साँझवाससम्म मोटरबाटो पुग्यो, नागरिक खुशी

दाङ । तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले जानकारी दिए । उनका अनुसार बाटो निर्माण भएपछि सो वडाका बल्ले, पयौखोर, साँझवास, किमुगैरालगायतका आधा दर्जन गाउँका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । सो सडकमा अब जीप पनि सञ्चालन गर्न सकिने छ । थप पढ्नुहोस्

आजबाट तानसेन–बुटवल सडकखण्ड दैनिक ६ घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको सो सडकमा आजदेखि मंसिर १९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको छ । तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढुंगा फुटाएर हटाउनुपर्ने भएकाले बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन । थप पढ्नुहोस्
1 2 3 4 5 47