नेपाल–चीन जोड्ने छोटो मार्गको ट्रयाक असार अन्तिम सम्ममा खुल्दै

४ आसर, काठमाडौँ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी १७ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी १२२ किलोमिटर सडक पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ । बहुचर्चित एवम् बहुप्रतिक्षित सो मार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि काठमाडौँदेखि चीनको केरुङसम्म करिब चार घण्टामा पुग्न सकिन्छ । थप पढ्नुहोस्

कर्णाली भीरमा बस खस्दा ११ को मृत्यु २१ घाइते, सबैको अवस्था चिन्ताजनक

१ असार, काठमाडौं । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको हेलिकोप्टरमार्फत उद्धार गरिएको आजको नयाँपत्रिकामा खबर छ । थप पढ्नुहोस्

दाङमा ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

२९ जेठ,दाङ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गरेका छन् । पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो । थप पढ्नुहोस्

देशभरका पाँच लाख भन्दा धेरै सवारी चालकलाई कारबाही

२६ जेठ, काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक कारबाहीमा परेका थिए । गत आवमा पाँच हजार ६६८ दुर्घटनामा १६६ जनाको मृत्यु, २७५ जना गम्भीर घाइते तथा तीन हजार ९०१ जना सामान्य घाइते भएका थिए । कमजोर सडक पूर्वाधार, कमजोर ट्राफिक नियम, जनचेतनाको स्तरलगायत कारणले दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिङ्मार लामाले बताए । थप पढ्नुहोस्

राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बन्द सडक खुल्यो

९ जेठ, काठमाडौं । नेपाल बहस डटकम लगायत धेरै अनलाइन न्यूज पोर्टलहरुले हिजो ‘माथिको आदेश’ भन्दै सभागृहको सडक नखोल्दा सवारी जाम र यात्रुलाई सास्ती’ शीर्षकमा सम्प्रेषित समाचारका कारण एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बन्द सडक खुलेको छ । हिजो सो समाचारलाई धेरै अनलाईनहरुले प्रकाशन गरेका थिए । काठमाडौँ महानगरपालिकाको मतगणनाका लागि सुरक्षाको कारण देखाउँदै एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बाटो बन्द गरिएको थियो । मतगणना हुँदा गाडी रोकिएकाले दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका थिए । थप पढ्नुहोस्

किन आए प्रधानमन्त्री प्रचण्ड चितवनमा ?

५ जेठ, चितवन । छोरी रेणु दाहालको मतगणना माथि अनेक आसंका र बहस भइरहदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । तर प्रचण्ड छोरीको मतगणनालाइ प्रभावित पार्न नभई रामपुरमा रहेको देशकै एकमात्र कृषि तथा वन बिज्ञान विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् । दिउँसो साढे १२ बजे विश्वविद्यालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम तय गरिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड विश्वविद्यालयका कुलपतिसमेत हुन् । थप पढ्नुहोस्
1 45 46 47