परम्परागत पहिरनमा रमाउँदै पर्यटक

पशुपतिनगर । चिया बगान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक परम्परागत पहिरनमा रमाउने गरेका छन् । कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढ्ने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । घुम्न आउनेले विभिन्न जातजातिका पोशाक लगाउने गरेका छन् । पर्यटकको रोजाइमा परम्परागत पहिरन पर्न थालेको छ । “पहिरन लगाएर पर्यटकले आनन्द लिन्छन्,” व्यवसायी सानु तामाङले भने । राई, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार, लोपोन्मुख लेप्चा जातिको पोशाक लगाएर पर्यटक रमाउने गरेका छन् । थप पढ्नुहोस्

ऐतिहासिक उपरदाङगढी संरक्षण हुँदै

 चितवन। चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले भनिन्। उनले चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर पर्यटकीय गन्तब्य बनाउने बताइन्। गाउँपालिकाले यसवर्ष उक्त गढीे संंरक्षणका लागि रु २५ लाख बजेट विनियोजन गरेको छ । थप पढ्नुहोस्

घोडेपानी घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक

म्याग्दी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)इलाका कार्यालय घान्द्रुकले जनाएको छ । वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्याङ्ककाअनुसार सन् २०१७ को तुलनामा २०१८ मा सो क्षेत्रमा एक हजार ५३९ बढी पर्यटक भ्रमणमा आएका एक्याप घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए । थप पढ्नुहोस्

पर्यटकलाई यस्तो विभेद किन ?

काठमाडौं । "अतिथि देवो भवः" भन्ने नारा लगाएर नथाक्ने हामी नेपालीहरु नेपाल घुम्न आउने पर्यटकलाई कसरी असमान व्यवहार गरिरहेका छौं भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन,यसो पाटन दरबार स्वायरको एउटा सूचनामा आँखा लगाए पुन्छ । कथित समानतावादी नारा लगाउने नागरिक समाज, माइतीघर मण्डलाका मैवबत्तीवालाहरु दश हात उफ्रेर नारा लगाउँदै गरेका हुन्थे ! परन्तु, नेपालमा भने विदेशी पर्यटकहरुबीच नै चरम विभेद गर्ने गरिएको छ । त्यहाँ स्पष्ट रुपमा सूचना टाँस गरिएको छ अन्य देशका पर्यटकलाई प्रवेश शुल्क रु. १००० र सार्क देशका लागि प्रवेश शुल्क रु. २५० । थप पढ्नुहोस्

बेनीमा पर्यटन मेला शुरु

बेनी । बेनी नगरपालिका ३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो । स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । थप पढ्नुहोस्

गुफाबाट साढे चार करोड आम्दानी

काठमाडौं । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो । सो अवधिमा सबैभन्दा बढी रु १०० दरको एक लाख ४९ हजार ३४५ वटा टिकट बिक्री गरी रु एक करोड ४९ लाख ३४ हजार ५०० आम्दानी भएको थियो । थप पढ्नुहोस्

झापाको बाहुनडाँगीमा एशियाली पर्यटन महोत्सव हुँदै

भद्रपुर । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए । थप पढ्नुहोस्

उचित संरक्षण नभएपछि पाण्डवका देवल जीर्ण बन्दै

अमरगढी । उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । जिल्लाकै प्रसिद्ध देवलहरू मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहरू ओझेलमा पर्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् । थप पढ्नुहोस्

वातावरणमैत्री पर्यटनका लागि बहस

मेलम्ची । सिन्धु पर्यटन व्यवसायी सङ्घ सिन्धुपाल्चोकले नदी क्षेत्रको दोहन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सुकुटेस्थित सुकुटेबीच क्याम्पमा िबहीबार आयोजित ‘वातावरणमैत्री पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो माग गरेका हुन् । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने सरकारको निर्णयलाई सहयोग पु¥याउन कार्यक्रमको आयोजना गरिएको सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । जिल्लाका पर्यटकीयस्थलको सम्भावना र यसमा देखिएका चुनौतीका जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उनले बताए । थप पढ्नुहोस्

पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे

काठमाडौं । सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो वर्ष ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । हवाईमार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले वृद्घि भई कूल आगमन दुई लाख ४८३ पुगेको छ । थप पढ्नुहोस्
1 2 3 32