कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या ४४१ पुग्यो

इनरुवा । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका छन् । थप पढ्नुहोस्

सात महिनाको अवधिमा आठ करोडभन्दा बढी राजश्व संकलन

 सोलुखुम्बु । टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली ) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले बताए । यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी रु एक करोडभन्दा बढी देखिन्छ । थप पढ्नुहोस्

मुक्तिनाथमा पर्यटकको चाप, बढीजसो धार्मिक पर्यटक

बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अहिले दैनिक जसो पर्यटकको चाप देखिन्छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक जाने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेका पुजारीहरुले बताएका छन् । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन देखि जेठ महिना सम्म पर्यटकीय याम भएकाले अहिले पर्यटकको चाप बढेको छ । सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । थप पढ्नुहोस्

जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव

लमजुङ । पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मस्र्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ औँ सिउरुङ महोत्सव हुनेभएको हो । सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले बताए । थप पढ्नुहोस्

बृहद् महाभारत पदमार्ग, टोली सिन्धुलीगढीबाट फिक्कल

काठमाडौं । समृद्ध सिन्धुली अभियानले बृहद् महाभारत पदमार्गको एतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतर्फ प्रस्थान गरेको छ । अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो ।ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ । टोलीले सिन्धुलीकै अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् । थप पढ्नुहोस्

सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवद्र्धन लागी शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । थप पढ्नुहोस्

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै ८ शेर्पा चुचुरोमा

सिवी अधिकारी काठमाडौ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए । थप पढ्नुहोस्

दुई दिनका लागि मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिर वैकल्पिक मार्ग

मुस्ताङ, २५ वैशाख । कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ । थप पढ्नुहोस्

जुम्लामा कृषि महोत्सव सम्पन्न,एक करोड ६० लाखको कारोवार

सुर्खेत, २५ वैशाख ।उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताए । थप पढ्नुहोस्

प्राकृतिक चिकित्सा केन्द्र भवन बजेट अभाव कारण अलपत्र

बुटवल,२४ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिका वनकट्टामा समुदायको पहलमा बनाउन थालिएको प्राकृतिक चिकित्सा केन्द्र भवन निर्माणमा वजेट अभाव भएको छ । सैनामैनाको चारपालास्थित साढे ४ हेक्टर जग्गामा १० वटा ब्लक सहित एक सय शैयाको तीनतले चिकित्सा केन्द्र बनाउने लक्ष्यसहित तीन वर्षअघि १४ करोड लागत अनुमान गरी काम शुरु भएकोमा अहिले वजेट अभावका कारण निमार्ण कार्य अलपत्र परेको छ । थप पढ्नुहोस्
1 12 13 14 15 16 22