१३ माघ, ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई झण्डै रु एक करोड घाटा भएको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर गतवर्ष चैत ८ गतेदेखि उद्यान बन्द भएसँगै उक्त मूल्य बराबरको रकम सङ्कलन गर्न नसकिएको हो । कोरोना महामारीले करिब नौ महिना उद्यान बन्द भएपछि गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा आव २०७६/७७ मा झण्डै रु एक करोड राजश्व सङ्कलनमा कमी आएको वरिष्ठ उद्यान अधिकृत…