fbpx

डिपिएल : महेन्द्रनगर युनाइटेड फाइनलमा

धनगढी। धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत बिहीबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड फाइनल प्रवेश गरेको छ। महेन्द्रनगरले निर्धारित २० ओभरमा नौ विकट गुमाउँदै १ सय १५ रन बनाएको थियो। उसका लागि शरद भेषवाकरले २९, सुब्रमणियम आनन्दले २० र अमरसिंह रौटेलाले १९ र मोहम्मद नाभिदले १८ रनको योगदान दिए। १ सय १६ रनको लक्ष्य पछ्याएको रुपेन्देही च्यालेन्जर्सले नौ विकेट गुमाएर १ सय १४ रन मात्रै बनायो । थप पढ्नुहोस्

विश्वकप एसिया छनौट : दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनौटको दोस्रो खेलमा नेपालले घरेलु टोली थाइल्याण्डसँग पराजित भएको छ । पहिलो खेलमा मलेसियामाथि सहज जित निकालेको नेपालले अाज भएको दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । १२५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ८ विकेटको क्षतिमा ६७ रन मात्रै बनायो । नेपालका लागि इन्दु बर्माले २९, सीता रानामगरले १८ रन बनाए । नेपालका लागि कविता कुँवर र नेरी थापाले दुई–दुई विकेट लिए । रुविना चौधरी र करुणा भण्डारीले एक–एक विकेट लिए । यसअघि थाइल्याण्डले १२४ रन बनाएको थियो । थप पढ्नुहोस्

राखेप सञ्चालक परिषद् ४१ सदस्यीय : एक खेलको एउटै मात्र सङ्घ हुने

कुमार चौलागाईं काठमाडौं । खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न युवा तथा खेलकूद मन्त्रालयले तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतका पाँच विकास क्षेत्र र जिल्लामा रहेका खेलकूद विकास समितिलाई प्रादेशिक संरचनामा परिवर्तन गरिने व्यवस्था गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद विकास ऐन–२०४८ बमोजिम पाँच विकास क्षेत्र र जिल्लामा रहेको खेल संरचना प्रादेशिक ढाँचामा लैजाने र प्रदेश तथा जिल्लाका खेल संरचना एवं जनशक्ति प्रादेशिक कार्यालमया समायोजना गरिने भएको छ । थप पढ्नुहोस्

विश्वकप एशिया छनोट : नेपालको आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आइसिसी' महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले बिहीबार आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई नौ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थप पढ्नुहोस्

अत्तरिया डीपीएल क्रिकेटको फाइनलमा

काठमाडौं । सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया डीपीएल क्रिकेटको पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लिग चरणको अन्तिम खेलमा पनि अत्तरियाले काठमाडौंलाइ७ विकेटले हराएको थियो । ड्रिम फाप्ला मैदानमा १११ रनको सामान्य चुनौती पछ्याएको काठमाडौं १८.३ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनमै समेटियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले उच्च स्कोर बनाउन सकेनन् । गौरभ तमोरले २६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११-११ रन बनाए । थप पढ्नुहोस्

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए । चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ । थप पढ्नुहोस्

डीपीएल : फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

काठमाडौं । धनगढी प्रिमियर लिग 'डीपीएल' क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाबीच खेल हुँदैछ । ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियासँग लिग चरणको खेलमा भने पराजित भएको थियो । थप पढ्नुहोस्

च्याम्पियन्स लिग : लिभरपुल र बायर्नको गोलरहित बारबरी

काठमाडौं । च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगमा मंगलबार भएको खेलमा लिभरपुल बायर्न म्युनिख गोलरहित बराबरीमा रहेका छन् । घरेलु मैदानमा पाहुना टोली बायर्नले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुल गोलरहित बनेको हो । पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहहित बराबरीमा रहेका छन् । बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ । च्याम्पियन्स लिग अन्तर्गत बायर्नले पछिल्लो ९ अवे खेलमा हार स्वीकारेको छ ।दोस्रो लेगको खेल बायर्नको घरेलु मैदानमा १३ मार्चमा हुनेछ । थप पढ्नुहोस्

महिला टी २० विश्वकप : मलेसियाविरुद्ध नेपालको जित

काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै एक सय २६ रनको स्कोर खडा गरेको थियो । प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् । उनले पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई बलियो प्लेटर्फम बनाउन सफल भइन् । थप पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा खेल मैदान निर्माण हुँदै

अत्तरिया । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ ।सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण हुने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख बजेट विनियोजन गरेको जनाएको छ । एक खेल मैदानका लागि रु २० लाखको दरले ३२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका खेलमैदान निर्माणका लागि सो बजेट बजेट विनियोजन गरेको हो । थप पढ्नुहोस्
1 2 3 120