fbpx

अस्ट्रेलियन ओपन टेनिसमा सेरेना विलियम्स दोस्रो चरणमा

 जर्मनी । अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । २४ औँ ग्राण्ड सलाम उपाधिको होडमा रहेकी सेरेनाले जर्मनीका ताटियाना मारियालाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।दुई वर्षअघि गर्भवती रहेका बेला सेरेनाले २३ औँ ग्राण्ड सलाम उपाधि जितेकी थिइन् । ३७ वर्षकी सेरेनाले मारियालाई ६–० र ६–२ को सेटमा हराएकी हुन् ।उनले मात्रै ४९ मिनेटमा जित निकालेकी हुन् । उनी दुई वर्षपछि अस्ट्रेलियन ओपनका लागि मेलबर्न पुगेकी हुन् । थप पढ्नुहोस्

जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु

मोरङ । प्रथम राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक मोरङ जिल्ला ब्याडमिन्टन संघले 'आज' मंगलबारबाट सुरु हुने प्रतियोगिता तयारी पुरा भएको जनाएको हो । विराटनगरस्थित सहिद रंगशालाको कभर्डहलमा हुने प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरु प्रतियोगिता स्थलमा आईसकेको संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा यु – १५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । थप पढ्नुहोस्

एशियाली खेलकूद : नेपाल ब्याडमिन्टनको पुरुष टिम क्वार्टर फाइनलमा

काठमाडौं । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहेका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । यस्तै महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ । थप पढ्नुहोस्

अन्नपूर्ण पोस्ट् कर्पोरेट अन्तर्राष्ट्रिय ब्याडमिन्टन शुरु

काठमाडौं । अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सोमबारदेखि शुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताए । थप पढ्नुहोस्

तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि शुरु भएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समाविष्ट खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल ९खुला० गरी चार खेल समाविष्ट छन् । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी छन् । थप पढ्नुहोस्

सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता धनगढीमा शुरु

धनगढी । सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता धनगढीमा शुरु भएको छ । ब्याडमिन्टन प्रतियोगितामा कैलाली कंचनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ र दार्चुलाका खेलाडीहरु सहभागी छन्। सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक जिल्लाबाट आठ जनाका खेलाडीका दरले ६४ जना खेलाडी सहभागी छ्न्। प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सातका सामाजिक बिकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले महत्त्व दिएर बजेट बिनियोजन गरेको बताए । थप पढ्नुहोस्

ब्याडमिन्टन एसिया जुनियरमा जितसँगै नेपाली खेलाडी दोस्रो चरण प्रवेश

११ साउन, काठमाडौं । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् । कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिए । थप पढ्नुहोस्