fbpx

उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

बैतडी । जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । म्यान अफ द सिरिजलाई रु पाँच हजार दिइनेछ । थप पढ्नुहोस्

पाकिस्तान च्याम्पियन, भारत ५ विकेटले पराजित

एजेन्सी । एसिया कप ह्विलचेयर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतले दिएको दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानको जितमा मोहमद लतिफले अविजित एक सय ५६ रनको शतकीय पाली खेले । यस्तै मोहमद फियाज र सैयद अहमदले समान १५ रन बनाए । भारतका शौरभ मल्लिकले दुई तथा पर्शुराम देसले र विश्वनाथ गौरवले एकएक विकेट लिए । थप पढ्नुहोस्

एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपाल पराजित

काठमाडौं । एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ । किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १–१ विकेट लिए । थप पढ्नुहोस्

आयरल्याण्डविरुद्व बंगलादेशको सहज जित

एजेन्सी । त्रिदेशीय एक दिवसीय सिरिजमा बंगलादेशले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बंगलादेशले आयरल्याण्डलाई ६ विकेटले हराएको हो । २ सय ९३ रनको लक्ष्य बंगलादेशले ४३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । लिटोन दासले ७६ रन बनाएको ईनिङ्समा तमिम इकबलले ५७ र सकिब अल हसनले ५० रनको अर्धसतकीय पाली खेले । मुसाफिर रहमानले ३५, मोसदेक हसेनले १४ तथा महमुदुल्लाहले नटआउट ३५ रन बनाए । आयरल्याण्डका बायड रंकिनले सर्वाधिक २ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । थप पढ्नुहोस्

एसिया कप ह्विल चियर टी–२० क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित

काठमाडौं । एसिया कप ह्विल चियर टी–२० क्रिकेट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित हुन पुग्यो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । भारतका लागि गौरव विश्वनाथले ५० र परशुराम देशाईले १९ रन बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो । कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । थप पढ्नुहोस्

बेयरस्ट्रोको शतक, पाकिस्तान पराजित

एजेन्सी । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार छ विकेटले पराजित गरेको छ । विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ । बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृङ्खलामा इङल्यान्ड २–० ले अघि छ । इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो । थप पढ्नुहोस्

सन्दीपले १० लाखको महंगो बाइक किने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्ने स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग 'आईपीएल'क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् । सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् । सन्दीपले आइपीएलमा दिल्ली क्यापटिल्सबाट खेलेका थिए । उनले दिल्लीमा ५५ लाख रुपैयाँ पारिश्रमिक पाएको बताइएको छ । थप पढ्नुहोस्

आज महिला फ्रेन्चाईज ‘डब्लुसीएल’को ड्राफ्ट, लक्कि ड्र मार्फत खेलाडी छनोट !

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग'को खेलाडी बिक्री आज  'मंगलबार' हुदैछ । आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टले साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीको ड्राफ्ट गर्न लागेको हो । होटल साग्रिलामा हुने कार्यक्रम अपरान्ह ५ बजे सुरु हुनेछ । खेलाडीलाई चार समुहमा राखेर ड्राफ्ट गर्न लागिएको हो । आयोजकले डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री गरि चार समुहमा खेलाडी विभाजना गरेको छ । राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका वर्तमान टिमका सदस्यलाई डायमण्ड श्रेणीमा राखिएको छ । थप पढ्नुहोस्

आईपीएलमा मोस्ट भ्यालुएबल प्लेयर रसेल, इमर्जिङ प्लेयर गिल !

एजेन्सी । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् । आइतबार सम्पन्न लिगमा वेष्ट इण्डिजका रसेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् । यस्तै रसेलले ह्यारिएर सुपर स्ट्राइकर अवार्ड समेत जितेका छन् । यस सिजन रसेलले उच्च प्रदर्शन गरेका थिए । तर, रसेलले कोलकत्तालाई आईपीएलको प्ले अफमा पुर्राउन असफल भएका थिए । कोलकत्ताकै सुभम गिलले इमर्जिङ प्लेयरको अवार्ड जितेका छन् । थप पढ्नुहोस्

इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई

एजेन्सी । मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै चेन्नईका फाप डु प्लेसिसीले २६ तथा ड्याने ब्राभोले १५ रन बनाए । थप पढ्नुहोस्
1 2 3 50