fbpx

साफ उपविजेतालाई जनही १ लाख

विराटनगर । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १र१ लाख दिने निर्णय घोषणा गरेको छ । शनिबार बसेको एन्फाको १८ औं साधारण सभाको बैठकले उपविजेता टोलीलाई १र१ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो  । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा भारतसंग ३-१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । यसअघि प्रदेश १ सरकारले पनि उपविजेता टोलीलाई १र१ लाख दिने घोषणा गरिसकेको छ । थप पढ्नुहोस्

नेयमारलाई युएईएफएको कारबाही

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन 'पीएसजी'का स्टार स्ट्राइकर नेयमारलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले कारबाही गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत इन्ग्लिंश क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको कारण युएईएफएले नेयमारलाई कारबाही गरेको हो । युएईएफएले नेयमारलाई तीन खेलको प्रतिबन्धसहित कारबाही गरेको हो । तर, युएईएफएले प्रतिबन्ध हुने खेलको मिति भने तोकेको छैन ।च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसंग ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । थप पढ्नुहोस्

भारत ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल

विराटनगर । भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल 'साफ' महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा नेपाललाई ३-१ ले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो । नेपाल भने यसपटक पनि उपविजेतामा नै सिमित भएको छ । नेपाल लगातार साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ।अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो । निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । थप पढ्नुहोस्

क्रिष्टियानो रोनाल्डोलाई जरिवाना, साढे ५ घण्टाको कमाइ !

काठमाडौं । इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग फुटबलमा नकारात्मक गोल सेलिब्रेसन गरेको भन्दै युईएफएले २० हजार युरो जरिवाना गराएको छ । च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका रोनाल्डेले मड्रिडका प्रशिक्षक डिएगो सिमोनको नक्कल गर्दै गोल सेलिब्रेसन गरेका थिए । जसमा खेलपछि मड्रिडले आपत्ती जनाएको थियो । सिमोनले युभेन्टससँगको पहिलो लेग २–० ले जितेको बेला गरेकै सेलिब्रेसन रोनाल्डोले नक्कल गरेका थिए । थप पढ्नुहोस्

साफ महिला : फाइनल उपाधिका लागी नेपाल र भारत भिड्दै

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् ।साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए । थप पढ्नुहोस्

महिला फुटबल : नेपालले भारतलाई जित्न सक्ने के-के हुन सक्छन् आधार ?

काठमाडौं । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका छन्। भारतीय प्रशिक्षक मायामोल रक्कीले भनिन्, 'हरेक प्रतिस्पर्धा नयाँ हो र हामी विगत वा इतिहासमा विश्वास गर्दैनौँ।' प्रतियोगिताको पाँचवटै संस्करणमा भारतसँग पराजित भएको नेपाल पनि इतिहास बिर्सन चाहन्छ। बरु पहिलो पटक नयाँ इतिहास कोर्ने आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा नेपाल देखिएको छ। प्रशिक्षक हरि खड्का भन्छन् ,' हामी अहिले यस्तो अवस्थामा छौं । थप पढ्नुहोस्

मैत्रीपूर्ण फुटबल : १९ वर्षपछि नेपाल र कुवेत भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेका टोलीले बिहीबार बेलुका पहिलो खेल खेल्न लागेको हो । खेल बेलुका ९ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत १९ वर्षपछि भिड्न लागेका हुन् । यसअघि सन् २००० मा एएफसी एसिया कपमा दुई टोली भिडेका थिए । उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध नेपालले जित निकाल्ने बताएका छन् । हालै नेपाली टोलीको प्रशिक्षण सम्हालेका कालिनको यो पहिलो खेल हो । थप पढ्नुहोस्

लिग फुटबल दुई साता रोकियो

एजेन्सी । बहुचर्चित युरोपका विभिन्न लिग फुटबलले दुई साता रोकिने भएको छ । युरोकप छनोट, अफ्रिका कप, चाइना कप र विभिन्न देशबीचको अन्तर्राष्ट्रिय मैत्री खेलका कारण लिग चरणका खेल रोकिएको हो । लिगअन्तर्गत प्रिमियर लिग, इटालियन सिरिए, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेलहरु अब मार्च अन्तिमबाट सुरु हुनेछ । हालसम्म प्रिमियर लिगमा ३१ औं खेल सकिएको छ । केही टोलीले २९ औं र ३० औं खेल खेल्न बाँकी छ । यसैगरी सिरिए र ला लिगामा २८ औं, बुन्डेसलिगमा सबै टोलीले २६ औं, फेन्च लिग वानमा २९ औं चरणका खेल सकिएका छन् । केही टोलीले २८ औं र २९ औं खेल खेल्न बाँकी नै छ । थप पढ्नुहोस्

युईएफएले रोनाल्डोमाथि कारबाही गर्ने

काठमाडौं । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले क्रिष्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ । युईएफएले युभेन्ट्सका फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाउँदा गलत ब्यवहार गरेको आरोप युईएफएले लगाएको छ । बीबीसीका अनुसार युभेन्ट्सका ३४ बर्षका फरवार्डले एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए । थप पढ्नुहोस्

सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंका सेमिफाइनलमा भिड्ने भएका छन्। अर्को सेमिफाइनल भने भारत र बंगलादेशबीच हुनेछ।विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले श्रीलंकाविरुद्ध ५-० गोल गर्दै जित हासिल गरेको छ । थप पढ्नुहोस्
1 2 3 60