fbpx

धरान वर्ष खेलाडी बने गल्फर शुक्रबहादुर

Best_player_of_dharan
काठमाडौं । धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ । प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ । युवा गल्फर शुक्रले नगद रु एक लाखसँगै सम्मानपत्र र ट्रफी प्राप्त गरे । यस्तै उत्कृष्ट खेलाडी सम्मानबाट टेबलटेनिसकी अन्तर्राष्ट्रिय खेलाडी गीता थापामगर सम्मानित भएकी छिन् । खेलाडी गीताले नगद रु ५० हजार, ट्रफी र सम्मानपत्र प्राप्त गरिन् । थप पढ्नुहोस्

नेपाल गल्फ टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद 'एशियाड' को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् । नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक कमिटी 'एनओसी'का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिए । थप पढ्नुहोस्

दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु

पोखरा । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि हालको ब्याडमिन्टन कोर्टलाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिँंदैे १३ औंँ दक्षिण एशियाली खेलकुद ९साग०मा टेबल ेनिसबाट पदकको आशा लिइएको बताए । थप पढ्नुहोस्

पल्सर अवार्डका लागि चार खेलाडी मनोनयनमा

१८ वैशाख, काठमाडौं । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका सन्तु श्रेष्ठ परेका छन् । मनोनयनमा परेकामध्ये जसले सबैभन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई आगामी जेठ ४ गते अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । थप पढ्नुहोस्