fbpx

प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्णलाई

काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले शनिबार आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् । कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए । थप पढ्नुहोस्

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दिए । थप पढ्नुहोस्

नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९’ शुक्रबारदेखि

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको आइएफबिबी फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९’  (प्रो क्वालिफायर) को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जानकारी दिएको छ । यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने लागेका बडिबिल्डर रोली विङ्कलर पनि आज नेपाल आइपुग्ने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले जानकारी दिए । थप पढ्नुहोस्

व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

दमौली । व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास ५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जितेका हुन्। डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय र ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गर्दै पाँचथरका भूमिराज राई तृतीय भएका हुन् । थप पढ्नुहोस्

देशले खेल क्षेत्रमा फड्को मार्दैछ : कांग्रेस वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताएका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पु¥याएको बताए । वरिष्ठ नेता पौडेलले भने, “खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो । थप पढ्नुहोस्

दमौलीमा अल्ट्रा म्याराथनको तयारी पूरा

दमौली । शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बताए । मानहुँबाट शुरु भएर नगरपालिकाको वडा नं ८ पुलिमराङमा टुङ्गिने म्याराथनका लागि सोमबार साँझसम्म ७७ धावकले नाम दर्ता गराइसकेका छन् । थप पढ्नुहोस्

अनियमितताको आरोप निराधार : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घघ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाउनुभएको छ, जुन आरोप आधारहिन रहेको छ ।”अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन सहयोग गर्ने बताए । “आरोपबारे छानबिन हुनुपर्छ । थप पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा करातेकी एक्ली जमुना

भीमदत्तनगर। सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो । विसं २०४८ देखि करातेमा होमिएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् । ‘हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,’ बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भनिन्, ‘अहिले खेलजगत्मा धेरै परिर्वतन आएकाले सहज भएको छ । थप पढ्नुहोस्

एन्डी मर्रेले खेल जीवनबाट सन्यास लिने

काठमाडौं । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एन्डी मर्रे टेनिस खेल जीवनबाट सन्यास लिने भएका छन् । मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण सन्यासको सोच बनाएको बताए । मर्रेले अष्ट्रेलिया ओपन अन्तिम खेल हुने समेत संकेत गरेका छन् । 'म पक्का छैन यो दुखाईबीच म अर्को ४-५ महिना खेल्नेछु, पुर्व विश्व नम्बर एक मर्रेले भावुक हुँदै भने' यस्तै मर्रेले आफु अहिले ठिक भएको तर संघर्ष गरिरहेको बताएका छन् । थप पढ्नुहोस्

गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु

काठमाडौं । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ । प्रतियोगिताको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गरेका छन् । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा दुई गरी १२ स्पर्धामा १४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकूद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए । प्रत्येक तौल समूहमा पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रो हुनेले रु पाँच÷पाँच हजार पुरस्कार पाउनेछन् । थप पढ्नुहोस्
1 2 3 7