fbpx

बडी बिल्डर प्रधान बने विश्व च्याम्पियन

काठमाडौं । नेपाली बडि बिल्डर महेश प्रधान विश्व च्याम्पियन बनेका छन्। थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा महेशले ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका हुन्। विश्व च्याम्पियनसिपमा नेपाली बडि बिल्डर विजेता बनेको यो पहिलोपटक हो। यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए। विश्व च्याम्पियन घोषणा भएपछि महेश निकै भावुक बनेका थिए । थप पढ्नुहोस्

मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ प्रतियोगिता हुने आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । नेपाल बक्सिङ सङ्घको तत्वाधानमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । थप पढ्नुहोस्

जोकोभिचलाई हराउदै जेभ्रेबले जिते एटीपी टेनिसको उपाधि !

एजेन्सी । जर्मनीका अलेक्जेन्डर जेभ्रेबले एटीपी टेनिसको उपाधि जितेका छन् । विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिचलाई २–० ले स्तब्ध पार्दै जेभ्रेबले उपाधि जितेका हुन । लण्डनमा नोभाक जोकोभिचलाई ६–४ र ६–३ को सेटमा हराउँदै जेभ्रेबले वर्षको अन्तिम टेनिस प्रतियोगिताको उपाधि उचालेका हुन । थप पढ्नुहोस्

प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरियाको बर्चश्व

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा शनिबार भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् । एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन् । थप पढ्नुहोस्

अब खेलबाट आर्थिक समृद्धि : मन्त्री जगत विश्वकर्मा

स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उनले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गरेका थिए । राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उनले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिए । थप पढ्नुहोस्

भारतदेखि अमेरिकासम्मका खेलाडी स्याङ्जामा, प्याराग्लाइडिङ विश्वकप शुरु

काठमाडौँ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप सुरू भएको छ । स्याङ्जाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १८ गतेसम्म हुनेछ । स्याङजालाई प्याराग्लाइडिङको ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गर्न नेपालमा पहिलो पटक यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा प्याराग्लाइडर्सहरुले समुद्र सतहदेखि १६०० मिटरको मिटरबाट जम्प गर्नेछन् भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन् । थप पढ्नुहोस्

२० बर्षपछि रजत पदक जितेका खेलाडीलाई सरकारको उधारो बधाई

काठमाडौ । इण्डानेसियामा जारी १८ औँ एसियाली खेलकुद एसियाडमा नेपालको पुरानै रोग देखियो । जहाँ खेलको १० औँ दिनसम्म पनि कुनै खेलाडीले पदक जित्न सकेनन । रित्तो हात स्वदेश फर्किन लागेको सिंगो नेपाली टिमलाई प्याराग्लाईडिंगले भने झिनो आश देखायो । नभन्दै ११ ओैँ दिनमा ऐतिहासिक रजत पदक जितेर एसियाडमा नेपालको इज्जत पनि राखे चार जना खेलाडीहरु युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाले । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत २० बर्षपछि नेपाललाई रजत जिताउने खेलाडीलाई बधाई दिए । उनले बधाईका लागि जम्माजम्मी १६ शब्द मात्रै खर्चिए । थप पढ्नुहोस्

दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार ट्र्याकमै देखिएनन्

काठमाडौं । एथ्लेटिक्सको पुरुष दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार अनुपस्थित रहेका छन् । मंगलबार भएको प्रतिस्पर्धाको चौथो हिटमा रहेका याम साजन सुनार खुट्टामा समस्या आएको कारण देखाँउदै ट्र्याकमा उपस्थित भएनन् । उनी आजै बिहान काठमाडौं फर्किसकेको बताइएको छ । याम साजनले यसअघि गएको आइतबार पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । याम साजन अनुपस्थित भएपछि अब एथ्लेटिक्सतर्फ नेपालका विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौड तथा सरस्वती भट्टराईको महिला १५ सय मिटर दौडमा खेल्न बाँकी छ । थप पढ्नुहोस्

एसियन गेम्स : नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौं । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । थप पढ्नुहोस्

दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाइ

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई आज बिदाइ गरेका छन् । सभामुखको निवास वालुवाटारमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका खेलाडी टोलीलाई सभामुख महराले बिदाइ गरेका हुन् । सो अवसरमा सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीलाई आग्रह गरे । उनले भने, राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्छ, तेक्वान्दोमा उच्च क्षमता प्रदर्शन गरी विजय हासिल गर्नुस, तपाईंहरुको सफलता सिङ्गो देशकै सफलता हुनेछ । थप पढ्नुहोस्
1 2 3 4 7