तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन

काठमाडौं । इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए । आज भएको खेलमा महिला ५७ केजी मुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा पुगेकी थिइन् । थप पढ्नुहोस्

एसियाड : मायांका र माहिका प्रिक्वाटरफाइनलमा, आज जापानसँग खेल्दै

जाकार्ता । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका र माहिकाको जोडीले आज जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । लनटेनिस पुरुष डबल्समा नेपाल पराजित भएको छ । थप पढ्नुहोस्

एसियाड : तेक्वान्दोका सागर अन्तिम १६ बाटै बाहिरिए

काठमाडौं । इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत तेक्वान्दोमा नेपाली खेलाडी सागर गुभाजु अन्तिम १६ बाटै बाहिरिएका छन्। सोमवार पुरुष ५८ केजीमुनी तौल समूहमा सागर भियतनामका हङ भो क्वोकसँग २५-५ ले पराजित भएका हुन्। सोमवारै भएको अन्तिम ३२ को खेलमा सागर गुभाजुले भुटानका तेन्जिन दोर्जीलाई ५४-४० ले पराजित गरेका थिए। यसअघि नै नेपालका दुई महिला खेलाडी पहिलो चरणबाटै आउट भइसकेका छन् । थप पढ्नुहोस्

राम्रो खेल प्रखर्शन गर्नु भन्दै प्रचण्डले गरे टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता 'एसियाड' मा सहभागी हुन जाने टेबुलटेनिस टोलीलाई नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले बिदाइ गरेका छन् । टोलीलाई बिदाइ गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिएका छन् । आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर्नु, मेरो तर्फबाट जीतको शुभकामना छ ।” सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए । थप पढ्नुहोस्

वर्ल्ड युथ बक्सिङ खेल्न कुसुम हंगेरी जाँदै

काठमाडौं । हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा विश्व युथ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका कुसुम तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्। च्याम्पियनसिपका लागि कुसुमसहित दुई सदस्यीय नेपाली टोली आइतवार साँझ हंगेरी प्रस्थान गर्दैछन्। नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। कुसुम चार महिनाअघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो होन जोकसँग पराजित भएकी थिईन् । थप पढ्नुहोस्

एसियाली स्वर्ण पदक विजेता हकमसिंह भट्टलको निधन

काठमाडौं । एथ्लेटिक्स अन्तर्गत एसियाली खेलकुदमा गोल्ड मेडल जितेका भारतीय खेलाडी हकमसिंह भट्टलको निधन भएको छ । कलेजोको समस्याका कारण लामो समयसम्म अस्पतालमा रहेका भट्टलको मंगलबार बिहान भारतको पञ्जाबमा रहेका संगरुर अस्पतालमा निधन भएको हो । आर्थिक अवस्था खराब भएकाले उपचारमा सुरुमा उनको परिवारले ठूलै समस्या झेलेको थियो । उनले सन् १९७८ मा बैंककमा भएको एसियन गेम्समा २० किलोभिटर दौडमा गोल्ड मेडल जित्दै नयाँ रेकर्ड पनि बनाएका थिए । सन् १९८१ मा घाइते भएपछि खेल जीवनबाट सन्यास लिएका भट्टल पञ्जाब पुलिसमा २००३ देखि एथ्लेटिक्स कोच भएका थिए । थप पढ्नुहोस्

भदौको पहिलो सातादेखि दोस्रो पाँचपोखरी हाफ म्याराथन हुने

काठमाडौं । दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिइयो । प्रतियोगितामा सहभागी हुने खेलाडीले आगमी भदौ ५ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । थप पढ्नुहोस्

भीकेएसएस बास्केटबल भोलिदेखि सुरु

काठमाडौं । काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल 'केभीकेएसएस' को आयोजनामा दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ८ समूह र गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । थप पढ्नुहोस्

महासंग्राम २०१८ काठमाडौँमा संचालन हुदै

काठमाडौं । डिबेट नेटवर्क नेपाल र जेभियर एकेडेमीको सहआयोजनामा महासंग्राम २०१८  अन्तर्राष्ट्रिय बहस च्याम्पियनशिप साउन २५-२८ सम्म जेभियर एकेडेमी, काठमाडौँमा संचालन हुदैछ । नेपालका युवा बहसकर्तालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभव प्रदान गर्ने मुख्य उद्देश्यका साथ आयोजना भइरहेको चौथौ संस्करणको महासंग्राम बेलायती संसदीय शैलीमा संचालन हुनेछ भने यस प्रतियोगितामा ६० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले मुख्य तीन विधामा प्रतिस्पर्धा गर्नेछन् । थप पढ्नुहोस्

बास्केटबल टोली श्रीलंका प्रस्थान

काठमाडौं । थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली शनिबार श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ । प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी 'कप्तान', अजय कुशवाहा, निश्चल महर्जन र अनिश बस्नेत छन् । त्यस्तै अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छिन् । टोलीको अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले हिजै एक कार्यक्रमबीच बिदाइ गरेको बताए । प्रतियोगिता यही साउन २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । थप पढ्नुहोस्
1 2 3 4 5 6