fbpx

दशौं राष्ट्रपति रनिङ शिल्ड शुरु, उद्घाटन समारोहमा अशोकको पहिलो लाइभ प्रस्तुती

काठमाडौं । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिएका छन्, जहाँबाट सयौंको वाहि वाहि पाए । दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरेका थिए । थप पढ्नुहोस्

कराँतेका खेलाडीहरुलाई मुख्यमन्त्रीद्वारा विदाई

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले काठमाण्डौमा आयोजन हुन लागेको तेस्रो अल नेपाल क्युरेशियन बुदोकाई कराते प्रतियोगिता २०७५मा सहभागी हुने प्रदेश नं। २का खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राउतले प्रशिक्षक तथा खेलाडीहरुलाई फुलमाला अविर लगाएर शुभकामना दिदै विदाई गरेका छन् । मुख्यमन्त्री राउतले खेल र खेलाडीलाई प्रोत्सहानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउदै अगामी दिनमा खेलकुदको विकासको लागि सरकारले हरेक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थप पढ्नुहोस्

मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस शुक्रबार

भोजपुर । विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४ पुरुष गरी ८१ जनाको सहभागिता रहने आयोजकले जनाएका छन् । रेसमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमश रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । थप पढ्नुहोस्

कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

सुर्खेत । जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले बताए । त्यसैगरी, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालीकोट र तृतीय जुम्ला भएको संयोजकले बताए । थप पढ्नुहोस्

प्रथम राष्ट्रिय मेयर कप टेबल टेनिस प्रतियोगिता बुटवलमा

बुटवल । रूपन्देही जिल्ला टेबल टेनिस संघ बुटवलको आयोजनामा जेठ १८ र १९ गते २ दिने प्रथम राष्ट्रिय मेयर कप टेबल टेनिस प्रतियोगिता हुने भएको छ । संघले बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी दिदै प्रतियोगितामा २ इभेन्ट (महिला-पुरूष) रहेको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । पुरूषतर्फको इभेन्टमा ५० जना र महिला इभेन्टमा ३५ जनाको सहभागिता रहने बताइएको छ । बुटवलमा–९ पवित्रनगरको नव दिलिप कर्भड हलमा हुने प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गर्ने कार्यक्रम छ । थप पढ्नुहोस्

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ । ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार मण्डीखाटार टेनिस कोर्टमा सम्पन्न भएको छ । गएको आइतवारदेखि शुरु भएको आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुषगरी कूल त्रियानब्बे (९३) खेलाडीहरू प्रतियोगितामा सहभागि भएका थिए । शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । थप पढ्नुहोस्

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिसप्रतियोगिता शुरु

काठमाडौँ । खेलकुदप्रति रुची बढाउन फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता आइतबार बाट शुरु भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतवारदेखि शुरु भएको छ । थप पढ्नुहोस्

बायर्नलाई निराश पार्दै फ्रान्कफर्ट जर्मन कप विजेता

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले गएराति जर्मन कपको उपाधि उचालेको छ । फाइनल खेलमा बायर्न ३-१ ले पराजित हुन पुगेको हो । फ्रान्कफर्टका लागि आन्टे रेबिकले खेलको एघारौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर रोबर्ट लेवान्डोस्कीले ५३ औं मिनेटमा बायर्नका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए । आन्टे रेबिकले ८२ औं मिनेटमा फेरी गोल गर्दै टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाए । निर्धारित समयको इन्जुरी समयसम्म पनि बायर्न बराबरी गोलको खोजमा थियो । तर मिहाट ग्यासिनोभिचले गोल गर्दै बायर्नलाई निराश बनाएको हो । थप पढ्नुहोस्

स्पोर्टस् अवार्डका लागि डिस मिडियाको सात लाखको प्रायोजन

काठमाडौ । नेपाल खेलकूद पत्रकार मञ्च ( एनएसजेफ ) ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि डिस मिडिया नेटवर्कले रु सात लाख बराबरको प्रायोजन गर्ने भएको छ । मञ्चद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सिइयोले उक्त अवार्ड कार्यक्रमका लागि रु सात लाख बराबरको रकम दिइने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त रु सात लाखमध्ये चार लाख ७० हजार नगद र दुई लाख ३० हजार बराबरको डिस होम सेटअप बक्स रिचार्ज डिस मिडियाले उपलब्ध गराउनेछ । थप पढ्नुहोस्

कोरियामा नेपाली खेलाडीले जिते ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक

४ साउन, काठमाडौ । दक्षिण कोरियाको मुजुमा सम्पन्न ११ औं विश्व तेक्वान्दो सास्कृतिक एक्सपोमा भैरहवाको हेभेन्ली गार्डेन किड्स क्याम्पसका खेलाडीहरुले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै कोरिया पुगेको नेपाली टोलीले जुलाई १३ देखि १८ तारिखसम्म सम्पन्न प्रतियोगितामा विश्वको ४१ राष्ट्रका २ हजार ४१ जना सहभागी खेलाडीहरुमा हेभेन्ली गार्डेनका खेलाडीहरुले उक्त पदक प्राप्त गरेका हुन् । थप पढ्नुहोस्
1 4 5 6 7