नोपली रेफ्री केसी र गुरुङलाई अन्तराष्ट्रिय मान्यता

काठमाडौं । भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ । एशियन भलिबल महासङ्घको आयोजनामा भदौ २० देखि ३१ गतेसम्म थाइल्याण्डमा सञ्चालन भएको एशियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन् । थप पढ्नुहोस्

बाग्लुङमा २२औँ राष्ट्रिय महिला भलिबल हुने

काठमाडौं । नेपाल भलिबल संघ एनभीएले आयोजना गर्ने २२औँ महिला राष्ट्रिय भलिबल आगामी असोज २३ गतेदेखि हुने भएको छ। बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन तथा गल्कोट नगरपालिकाको सहयोगमा गल्कोटमा २३ देखि २७ गतेसम्म प्रतियोगिता हुने एनभीएले जनाएको छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी कूल १० टिमले सहभागीता जनाउनेछन्। एनभीएले प्रतियोगिताको लागि टिम छनोट गरी तयार पार्न ७ वटै प्रदेश र विभागीय टोलीलाज्ञ पत्राचार गरिसकेको जनाएको छ । थप पढ्नुहोस्

असोज दोस्रो सातादेखि महिला भलिबल लिग हुने

काठमाडौं । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । थप पढ्नुहोस्

भलिबलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलको १३औँ स्थानको लागि भएको सेमिफाइनल खेलमा नेपाल भएको छ। पहिलो सेट जितेर पनि नेपाल श्रीद्यंकासँग ३-१ ले पराजित भएको हो। पहिलो सेट जितेपछि नेपालल लय गुमाउँदा लगातार तीन सेटमा हार बेहोर्‍यो। चौथो सेटमा नेपालले ११-६ को अग्रता लिएपनि श्रीलंकाले पुनरागमन गर्दै खेलमा १८-१५ को अग्रता लिएको थियो। नेपालले स्कोर १८-१८, २०-२० बनाएपनि श्रीलंकाले लगातार ४ अंक जोड्दै खेल जितेको हो। पहिलो सेट २५-२३ ले जित्दै नेपालले अग्रता लिएको थियो। तर दोस्रो सेटमा पुनारगमन गर्दै श्रीलंकाले २५-१६ ले सहजै जित्यो । थप पढ्नुहोस्

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौं । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । थप पढ्नुहोस्

एशियाली खेलकूद : नेपाल कोरियासँग पराजित

काठमाडौं । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ शुक्रबार भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो । एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । थप पढ्नुहोस्

भदौ अन्तिम साताबाट ढोरपाटन पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं । ढोरपाटन पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करण यही भदौ अन्तिम साताबाट हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगिता भदौ ३० देखि असोज ६ गतेसम्म सन्चालन हुनेछ । नेपाल भलिबल संघको संयोजन तथा यति ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको भलिबल कोर्टमा ‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ पुरस्कार जित्ने जनाइएको छ । थप पढ्नुहोस्

पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

काठमाडौं । नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दोस्रो साता गर्न लागेको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकारी दिनेशकुमार सिंहबीच प्रतियोगिता आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । थप पढ्नुहोस्

प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल बैशाख अन्तिम साताबाट

काठमाडौं । प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता बैशाख अन्तिम साताबाट रोल्पामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने प्रतियोगिता बैशाख २९ देखि जेठ २ गते हुने भएको हो । रोल्पाको लिवाङमा हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ सातै प्रदेशका ७ टिम र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशत्र प्रहरीको एपीएफ क्लबले भाग लिने राखेपले बिहिबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । पुरुष र महिला दुवैको १० टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । दुवै तर्फको विजेताले ३ लाख ५० हजार पाउने छन् । थप पढ्नुहोस्

केएनपी चौंथो राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्रलाई

काठमाडौं, २५ बैशाख । शेरबहादुर खड्का स्मृति केएनपी चौंथो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको सशस्त्र प्रहरीले जितेको छ ।नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन सशस्त्रले उपाधि रक्षा गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को कर्भर्डहलमा भएको विभागीय डर्बीमा सशस्त्र प्रहरीले पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । सरस्वती चौधरीको उत्कृष्ट स्पाइकमा सशस्त्रले खेल सजिलै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको शुरुमा पछाडि परे पनि सशस्त्रले उत्कृष्ट पुनरागमन जनायो । थप पढ्नुहोस्
1 2